Above Article Ad
  • पुनर्वासकी २५ वर्षीया अनिषा स्याङदानलाई क्यान्सर,आर्थिक अभावले उपचारमा समस्या

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका १० भीमबस्ती स्थित मदन टोलकी २५ वर्षीया अनिषा स्याङदान प्राणघातक रोग “क्यान्सर” बाट ग्रसित छन् ।

    लामो समयदेखि नेपाल भारतकै सिमा नजिकको बस्तीमा बस्दै आएकी क्यान्सर पीडित अनिषालाई उनीहरूको घरायसी आर्थिक अवस्था कमजोरका कारण  उपचारमा समस्या देखिएको हो ।

    Article inline ad #1
  • तीन महिनाअघि स्याङदानलाई  क्यान्सर देखिएपछि यतिबेला भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छिमेकी दिपेन थापाले जानकारी दिए ।

    Article inline ad #2

    उनका अनुसार क्यान्सर रोगबाट ग्रसित स्याङदनका ३ वर्षीय छोरा छन् भने श्रीमान विवेक स्याङदन रोजगारीका क्रममा मलेसियामा थिए।

    श्रीमतीलाई प्राणघातक रूपले आक्रमण गरेको खबरपछि श्रीमान विवेक पनि मलेसियाबाट फर्केर श्रीमतीकै उपचारमा खटिएकाे उनको भनाइ छ।

    सामान्य घरपरिवारका उनीहरूलाइ अस्पताल प्रशासनले नेपाली १६ लाखसम्म खर्च हुने बताएपछि यतिबेला अनिषा र विवेकको परिवार निकै संकटमा छन् ।

    उनका श्रीमान विवेकले आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भएकाले सबै सहयोगी मनहरूलाई मेरो सानो बाबुको मुख हेरेर भएपनि सक्दो सहयोग गरी श्रीमतीलाई जीवन र मरणको दोसाँधबाट जोगाइदिन सामाजिक सञ्जाल लगायत सबै सामु अपिल गरिरहेका छन्।

    उनलाई सहयोग गर्न चाहने व्यक्तिहरूले तल दिइएको फोन नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6