बेलौरीको चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकाले आयोजना गर्न लागेको चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सुरु भएको छ ।
चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सभापति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी ,प्रमुख अतिथी सुदुर पश्चिम् प्रदेश सभाको उपसभामुख कोइली देबि चौधरी,बिशिस्ट अतिथिमा संविधान सभा सदस्य एव सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्ट , सुदुर पश्चिम् प्रदेश सरकारका भौतिक पुर्वाधार राज्यमन्त्री कुलबिर चौधरी अतिथिमा बेलौरीका नगर प्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिकाका निर्वतमान नगर उप प्रमुख चित्र कुमार चौधरी ,जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का लगायत वडाध्यक्ष,समाजसेवी ,बुद्धिजीवी पार्टी प्रतिनिधि,सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तब्य बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपानेले राख्नुभएको थियो।
बेलौरीको खुला मञ्चमा पौष २१ देखि २३सम्म आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा सस्थागत २५ वटा बिद्यालयले सहभागीता जनाएको बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो ।कार्यक्रम बोल्दै बिशिस्ट अतिथि संविधान सभा सदस्य एव सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्टले दक्षिणी क्षेत्रमा खेलकुदका राम्रो कभर्डहलको आवश्यकता रहेकाले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभाको उपसभामुख कोइली देबि चौधरीले कार्यक्रममा निमन्त्रणा गरि प्रमुख अतिथि रूपमा बोलाउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै सिकाइ पक्ष खेलकुद पनि रहेकाले यश क्षेत्रको खेलकुदका लागि सुदुर पश्चिम सरकारका प्रदेशको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।कार्यक्रमको समापनमा बोल्दै सभापतिका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाले खेलकुदका आवश्यक बजेट छुट्टाइएको र आगामी दिनमा सबै खेल खेलाउने गरि अझ थप गर्ने बताउदै बिधालयले आफ्ना बिद्यार्थी कसरी बढी भन्दा बढी खेलमा सहभागी गराउन सकिन्छ तेसमा जोड दिनुपर्ने बताउनुभयो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरूमा छात्र छात्रा भलिबल , कवडी , दौड (ट्रयाक)
१०० , २०० ,. ४०० , ८०० , १५०० , ३००० मिटर छात्र , छात्रा रिले दौड प्रतियोगिता हुने जनाईएको छ ।त्यसैगरी उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड । छात्रा: हाइजम्प, लडजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड रहने छ भने , मार्सल आर्ट तर्फः कराँते छात्रः ४२ केजी, ४७ केजी, ५२ केजी, । ‘५७ केजी, तथा ‘६२ केजी, रहने आयोजकले जनाएको छ।भने कार्यक्रम सञ्चालन बेलौरी नगरपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक अमित प्रसाद भट्टले गर्नुभएको थियो।