
संविधानको रक्षार्थ धनगढीमा एमाले- कांग्रेशको शक्ति प्रदर्शन
धनगढी –संविधान दिवसको अवसरमा कैलालीमा नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन।
पछिल्लो राजनीतिक घटना क्रमलाई ध्यानमा राखेर संविधानको रक्षार्थ कैलालीका १३ वटै स्थानीय तहमा बृहत् मोटरसाइकल र्याली गरेको हो। कैलालीको चौमाला, अत्तरिया हुदै आएको र्याली धनगढी चौराहमा कोणसभामा परिणत भएको थियो। यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए। उनले जेन–जी पुस्ताको भ्रष्टाचार विरोध अभियानमा सहमति जनाएको बताए। आन्दोलनमा घुसपैठ भएको उनले बताए। उनले भने, ‘आन्दोलनमा भौतिक क्षति भयो। निजी सम्मतिमा आगजनी गरिएको छ। भ्रष्टाचार, प्रदेश सभा खारेजी लगायतका विषयमा हामीले पहिलै उठाएको छौ। फेरि पनि हाम्रो समर्थन रहने छ।’ देशका भौतिक संरचनामा ठुलो क्षति भएकाले पुनर्निर्माणमा जोडिने उनले बताएका छन्।
प्रदेश सभा सदस्य चक्रबहादुर मल्ले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताए। उनले भने, ‘आन्दोलन अराष्ट्रिय तत्वहरूले लिड गरेका छन्। जेन–जी पुस्ताले पनि पछुताउनुपर्ने अवस्था बनेको छ।’ प्रदेश सभा खारेजीको उनले माग गरेका छन्। उनले भने, ‘प्रदेश सरकारले नयाँ कुनै आयाम थपेको छैन। जनतामा खारेजीको माग छ। स्थानीय तहहरू मजबुतीको माग गरिएका छन्। हामीले पनि सोच्नुपर्ने अवस्था रहेको छ।’ संविधानको रक्षा नेपालीहरूको प्रमुख मुद्दा रहेको उनले बताएका छन्।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति भीम पडालले संविधानको रक्षा गर्नुपर्ने बताए। उनले भने, ‘धेरै लामो समय लगाएर संविधान लेखिएको हो। यही संविधानको आधारमा सबै काम गर्नुपर्छ। जेन–जी आन्दोलन भ्रष्टाचार मुक्तिको आन्दोलन हो। उहाँहरूको मुद्दामा संवेदन हुनुपर्छ। उहाँहरूको निराशा आन्दोलनमा देखिएको हो। संविधान संशोधन गरेर उहाँहरूको माग मुद्दाहरु समेट्नुपर्छ।’
















https://shorturl.fm/CTyfV
https://shorturl.fm/EGFli