
बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन युवक मृत फेला
Above Article Content Ad
बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहरा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आइतबार बिहान हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खोजीमा खटिएको थियो। खोजीका क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका हुन्।
Article inline ad #1
मृतकको शव तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
Article inline ad #2
यसअघि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















