Above Article Ad
  • भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्यूजिल्यान्ड च्याम्पियन्स ट्रफी फाइनल

    Above Article Content Ad
  • काठमाडौं : आ‍ईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल न्यूजिल्यान्ड र भारतबीच दुबईमा सुरू भएको छ । टस जितेको न्यूजिल्यान्डले पहिले ब्याटिङ रोज्यो ।

    दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा भइरहेको खेलमा भारतले यसअघि सेमिफाइनल जितेकै टीम उतारेको छ । न्यूजिल्यान्डले भने एक परिवर्तन गर्न वाध्य भयो । टीमका प्रमुख बलर म्याट हेनरीले चोटका कारण फाइनल गुमाएका छन् । उनको स्थानमा नाथन स्मिथलाई खेलाइएको छ ।

    Article inline ad #1
  • भारतले लगातार तेस्रोपटक फाइनल खेलेको हो । अघिल्लो संस्करणमा पाकिस्तानसँग भारत पराजित भएको थियो । त्यसअघि ईंग्ल्यान्डलाई फाइनलमा हराउँदै भारतले उपाधि जितेको थियो । न्यूजिल्यान्डले सन् २००० मा भएको च्याम्पियन्स ट्रफी जितेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by