Above Article Ad
  • जेनजीका नाममा पत्रकार बिष्टलाई बैतडीको दशरथचन्दकी उपमेयरका छोराको धम्की

    Above Article Content Ad
  • धनगढी –जेनजी आन्दोलनको बलमा बैतडीको दशरथ चन्द नगरपालिकाकि उपमेयर कौशिला चन्दका छोरा विशाल चन्दले पत्रकार जनक विष्टलाई धम्की दिएका छन् । जेनजीको हवला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफोन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका ५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चौतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयोग गरेर धम्की दिएका हुन् ।

    धनगढी उपमहानगरपालिका १३ का नवराज कार्कीको मोबाईल प्रयोग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् । जेनजीको हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीको माग गर्दै तिनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । २४ भदौको राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटौँ भनेर कुराकानी गरेका थिए । उनले राति भइसकेको र भोलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलौज गर्दै थ्रेड दिएका थिए । विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र मोर्चामा देखिएका छन् ।

    Article inline ad #1
  • पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनको दोहोरो चिनजान छैन् । चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते धनगढीको पोटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए । सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेको थियो । तर मदिरा सेवन गरेको सुरमा आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएको थियो ।

    Article inline ad #2

    सोही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको मौकामा धम्की दिदै पत्रकार विष्टको घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीको प्रक्रिया अघि बढाएका छन् । उक्त प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम समितिले उनलाई सघाइरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by