Above Article Ad
  • अमेरिकाले गर्‍यो जफत भेनेजुएलाको तटबाट लाखौं ब्यारेल तेल बोकेको पानीजहाज

    Above Article Content Ad
  • अमेरिकाले भेनेजुएलाको तटबाट लाखौं ब्यारेल कच्चा तेल बोकेको सामुद्रिक जहाज जफत गरेको छ। बुधबार भेनेजुएलाबाट लाखौं ब्यारेल तेल लिएर क्युबा जाँदै गरेको ट्यांकर जहाज एफबीआई, होमल्याण्ड सेक्युरिटी र कोस्ट गार्डले सेनाको सहयोगमा जफत गरेको अमेरिकी महान्यायाधीवक्ता पाम बन्डीले बताएकी छन्।

    उनले तेल बोकेको जहाज जफत गरिएको भिडिओ नै सार्वजनिक गरेकी छन्। भिडिओमा दुइटा हेलिकप्टरबाट सशस्त्र व्यक्तिहरू ट्यांकरमा झर्दै गरेको दृश्य देखिन्छ।

    Article inline ad #1
  • राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाइएको जहाज जफत गरिएको र त्यसबाट अहिलेसम्मकै ठूलो परिमाणमा कच्चा तेल बरामद भएको बताएका छन्।’त्यो तेल अब हामी नै राख्नेछौं,’ उनले बुधबार पत्रकारहरूसँग भने।

    Article inline ad #2

    स्किपर नाम गरिएको उक्त जहाजको पहिलेको नाम एडिसा थियो। जसलाई इरानी तेल कारोबारमा संलग्न भएको आरोप लगाएर प्रतिबन्ध लगाएको थियो।

    जहाजमा डिसेम्बर ४–५ बीच जोसे बन्दरगाहबाट करिब ११ लाख ब्यारेल क्रुड तेल लोड गरेको उपग्रह विवरणले देखाउँछ।समाचार सार्वजनिक भएपछि ब्रेन्ट क्रुड ०.४ प्रतिशत बढेर ६२.२१ डलर प्रतिब्यारेलमा पुगेको रोयटर्सले जनाएको छ।

    भेनेजुएलाले भने अमेरिकामाथि खुलेआम चोरी गरेको आरोप लगाएको छ।’अमेरिकाले खुल्लम खुल्ला चोरी गरेको छ। यसबारे हामी अन्तर्राष्ट्रिय निकायमा मुद्दा लैजान्छौं,’ भेनेजुएलाको सरकारले भनेको छ।

    भेनेजुएलाको तटबाट ट्यांकर जफत गरेको विषयलाई उसले आफ्नो देशको सार्वभौम अधिकार र राष्ट्रिय स्वाधीनता विरूद्धको कदम भनेको छ।

    राष्ट्रपति निकोलास मादुरोले अमेरिकाको सैन्य गतिविधि आफूलाई हटाएर भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्ने प्रयास भएको आरोप लगाउँदै आएका छन्।

    क्यारेबियन सारगबाट लागुऔषध ओसारपसार गरेको भनेर ट्रम्प प्रशासनले सेप्टेम्बरदेखि जहाजमा आक्रमण गर्दै आएको छ। हालै एक अपरेसनमा बाँचेकामध्ये दुई व्यक्ति दोस्रो प्रहारमा मारिएको भिडिओ सार्वजनिक भएपछि ट्रम्प प्रशासनको चर्को आलोचना भएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6