Above Article Ad
  • ‘पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्र बिरोधी काम हो’

    Above Article Content Ad
  • कञ्चनपुर । मंगलबार सुकासालमा प्रहरी र क्यारिङ्गकर्ता मजदुरविच भएको झडप घटनाको समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकारलाई रोक लगाएर पक्राउ गरेको घटनाप्रति पत्रकार संघ संगठनले प्रहरीको भत्र्सना जाहेर गरेका छन ।

    कञ्चनपुरका पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई गैर कानुनी रुपमा पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्र बिरोधी प्रहरीको काम भएको भन्दै घोर निन्दा र भत्र्सना जाहेर गरेका हुन् ।

    Article inline ad #1
  • समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकारको मोवाईल खोसेर दुव्र्यवहारशैलीमा पक्राउ गर्ने कार्य अपमानजनक, अमानविय, लोकतन्त्र स्वयम प्रहरी संगठनले मुल्य मान्यता मर्म बिरुद्धको कार्य भएको भन्दै पत्रकार संघ संगठनले कञ्चनपुर प्रहरीको उक्त कार्यको घोर बिरोध गरेका छन ।

    Article inline ad #2

    पत्रकार महासंघ जिल्ला, प्रदेश सहितका प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस यूनियन सहितका विभिन्न पत्रकार संघ संगठनहरुले पत्रकारमाथि धरकपट गर्न आदेश दिनेहरुलाई कानुनी कारबाहीको माग अघि सारेका छन ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button