Above Article Ad
  • पूर्वप्रधानमन्त्री प्रचण्ड पुनर्वास पुग्न थालेपछि डोकेबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाई

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    मेची–महाकाली जागरण अन्तर्गत कञ्चनपुरको पुनर्वास आउन थालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”को सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरीहरुले सुरक्षा व्यवस्था कडा पारेको हो ।

    Article inline ad #1
  • पार्टिले सञ्चालन गरेको राष्ट्रियस्तरको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत उहाँ पुनर्वास पुग्दै हुनुहुन्छ । पुनर्वास हुदै बेलौरी र महेन्द्र नगर पुगेर ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ को समापन गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पुनर्वासका युवा नेता रबिन्द्र तामाङले जानकारी दिए । झापाको कचनकवलबाट गत फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको यो अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न जिल्ला पार गरेर कञ्चनपुरमा समापन हुन लागेको हो ।

    Article inline ad #2

    मंगलबार साँझ ५ बजे डोकेबजारमा पार्टि अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पुनर्वासका अध्यक्ष कञ्चन गीरीले जानकारी दिनुभयो । ५ः१५ बजे डोकेबजार स्थित बौद्ध गुम्बाको अबलोकन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । त्यसपश्चात साँझ ६ बजे पुनर्वास नगरपालिकाको आयोजनामा स्वागत कार्यक्रम रहेको जानकारी दिदै ७ बजे आइबिआरडी बजारमा रहेको शहिद स्मारक पग्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रम संगै पुनर्वास २ मा उहाँको रात्रि बसाइ हुने छ । बुधाबार भोलीपल्ट बिहान ५ बजे देखी पुर्बप्रधानमन्त्रि संगको मनिङवाक कार्यक्रम तय भएको गिरीले जानकारी दिनुभयो । मनिङवाक सकेपछी पुनः पुनर्वास २ मा रहेको शहिद भवनमा द्धोन्दकालीन शहिद परिवार, बेपत्ता परिवार र घाइतेका परिवारहरु संग भेटघाट र सम्मान गर्ने कार्यतालीका रहेको छ ।

    त्यसपश्चात बाँकी कार्यक्रमहरु बेलौरी स्थित पर्यटकीय क्षेत्र शोभाताल नजिक रहेको शहिद पार्कमा नेताहरूले शहिदहरूको सम्झनामा माल्यार्पण गर्नेछन् । यसै क्रममा बेलौरी नगरपालिकाको सभाहलमा विशेष अन्तरक्रिया हुनेछ भने बेलडाँडी गाउँपालिकामा कोणसभा आयोजना गरिने छ । यी सम्पूर्ण कार्यक्रम सम्पन्न गर्दै अभियान भीमदत्त नगरपालिका स्थित संविधान चोक स्मारकमा पुगेर समापन हुने नेकपा (माओवादी केन्द्र) कञ्चनपुरका जिल्ला पार्टी सचिव सहवीर सुनारले जानकारी दिएनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by