पुनर्वासमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विषयक अभिमुखीकरण
Above Article Content Ad
पुनर्वास । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विषयक अभिमुखीकरण तथा पैरवी पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । सहयात्रा नेपाल कञ्चनपुरको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा पालिका भित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ब्याक्तीहरुको खोजी गरी समाजमा इज्जत साथ बाच्ने वातावरण सिर्जना गराए ।
कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले यस कार्यक्रमबाट स्थानीय स्तरमा भएका तर खुल्न नसकेको ब्याक्तीहरु बाहिर ल्याउन मद्दत मिल्ने बताइन् । उनले लैङ्गिक तथा अल्पसङ्ख्यक ब्याक्तीहरुको पीडा अझैपनि हामीले बुझ्न नसकेको र परिवारबाट नै उनीहरूलाई हेला गर्ने गरेको बताउँदै बाहिर निस्कने वातावरण सिर्जना गर्न अब आफूले के गर्न सकिन्छ त्यो गर्न आफू तयार रहेको बताइन् ।
नगर भित्र भएका लैङ्गिक तथा अल्पसङ्ख्यक ब्याक्तीहरुको माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको समेत उनले बताइन् ।
यस्तै कार्यक्रममा पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख शङ्कर बोगटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ब्याक्तीहरुको अहिलेको विद्यमान अवस्थाका बारेमा चर्चा गरे ।
यस्तै कार्यक्रममा बोल्दै सहयात्रा नेपालको कार्यक्रम संयोजक चाल्स सिजापतीले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार ६.७ प्रतिशत लैङ्गिक तथा अल्पसङ्ख्यकहरू सुदूर पश्चिम प्रदेशमा रहेको बताए । उनले यो सङ्ख्या अजै पनि कमी भएको बताउँदै डर त्रास, तथा अपहेलनामा परिने डरले खुल्न नसकेको बताए । उनले अहिले कञ्चनपुर जिल्लामा आफूहरूले काम गरिरहेको भएपनी आगामी दिनहरूमा प्रदेश सरकारको समन्वयमा प्रदेश स्तरीय रुपमा काम गर्ने बताए । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा लैङ्गिक तथा अल्पसङ्ख्यकहरू २ हजार ९ सय २८ रहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad