Above Article Ad
  • पुनर्वासमा वडाध्यक्ष कप फुटबलमा विवाद, झिलमिलाका खेलाडी फिल्डमै कुटिए

    Above Article Content Ad
  • सिद्धार्थ युवा क्लबका खेलाडीले झिलमिला युवा समाज बेलडाँडीका खेलाडी करन पाललाई लात्ता प्रहार गरेर कुटपिट गरेका छन । खेलकुञ्जडटकमले समेत समेत प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समेत दुवै टिमविच दुई खेलाडी लडेपछि सिद्धार्थ युवा क्लबका खेलाडीले झिलमिला समाजका खेलाडी पाललाई पछाडीबाट लात्ता प्रहार गरेर कुटपिट गरेका थिए ।यो खेलाडीमा हुनुपर्ने आधारभूत गुण विपरितको गतिबिधी भएको देखिन्छ । निर्धारित समय सकिएपछि थप इन्जुरी समयमा भईरहेको प्रतियोगितामा सिद्धार्थका खेलाडीले झिलमिलाका खेलाडीमाथि कुटपिट गरेपछि खेल अवरुद्ध भएको थियो । झिलमिलाले सिद्धार्थलाई ३–२गोलको अन्तरले पछि पारेको थियो । झिलमिलाका खेलाडी कुटिएपछि क्लबले बिमल, सलमान र अर्पण बिरुद्धमा ई्रप्रका त्रिभुवनबस्तीमा कार्बाहीका लागि उजुरी दिएको छ ।

    त्रिभुवन युवा क्लब(टिवाईसी)का सचिव भरत बोहराले दुखत घटना भएकाले प्रहरीमा उजुरी दिएको बताए । ‘यो खेल र खेलाडीका लागि दुखत घटना हो, खेल चलिरहेका बेला खेलाडीमाथि हातपात हुनु निन्दनिय छ, ‘उनले भने, ‘यस्ता अनुशासन बिहिन खेलाडीलाई सम्बन्धीत क्लबदेखि सरकारी निकायले कार्बाही गर्नुपर्छ ।’

    Article inline ad #1
  • कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दले खेल चलिरहेकै बेला फिल्डमै प्रतिस्पर्धी खेलाडीबाट खेलाडी कुटिनु अन्त्यन्तै दुखत भएको बताए । ‘यो विषयमा रेफ्रि स्वयमले निर्णय लिनुपर्छ, सम्बन्धीत क्लबबाट कार्बाहीको सिफारिस आए संघले पनि यस्ता अनुशासनहिन खेलाडीलाई कार्बाही हुन्छ, ‘उनले भने, ‘खेल क्षेत्रमा यस्ता दुखत विषय हुन दु:खद हो ।’ ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज महेश बिक्रम शाहीले उजुरीका आधारमा घटनाको छानबिन गरेर कार्बाही गरिने बताए ।

    Article inline ad #2

    केही दर्शकले हार्न लागेको अवस्थामा सिद्धार्थको टिमका खेलाडीले आक्र्रोसमा कुटपिट गरेको बताईरहेका थिए । यसरी बिना हक खेलाडी कुटपिट गर्ने माथि कानुनी कार्बाही नभए अन्य खेलाडीले समेत फुटबल नखेल्ने चेतावनी दिएकाछन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button