Above Article Ad
  • अब कुमारी बैंकका ग्राहकलाई टाउन हस्पिटलमा विशेष छुट

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६, प्रतिभानगर स्थित टाउन हस्पिटल प्रा.लि.ले उपचारमा विशेष छुट योजना ल्याएको छ ।
    बुधबार कुमारी बैंक लिमिटेड शाखा पुनर्वास र हस्पिटल प्रशासन बीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरु र उनीहरुका परिवारका लागि विशेष छुट योजना लागु गरिएको हो ।

    अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण उपचार सेवामा १५ प्रतिशत र मेडिसिनमा ८ प्रतिशत छुट गरिने सम्झौता भएको कुमारी बैंक शाखा पुनर्वासका प्रमुख कृष्णराज जोशीले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • सम्झौता पत्रमा हस्पिटलका तर्फबाट हस्पिटलका प्रबन्धक निर्देशक पवन पन्त र कुमारी बैङ्क लिमिटेडका तर्फबाट बैकका प्रदेश प्रमुख नवीन मुनि बज्राचार्यले हस्ताक्षर गर्नुभएको थियो ।
    त्यसैगरी सम्झौतासँगै शाखा पुनर्वासका प्रमुख कृष्ण राज जोशी र हस्पिटलका सिओ बेदप्रकाश जोशी साछीका रुपमा हुनुहुन्थ्यो ।
    छुट सेवा प्रदानका लागि हस्पिटल सकारात्मक देखिएकोमा हस्पिटल परिवारलाई धन्यवाद ज्ञापन गर्दै बैङ्कका प्रदेश प्रमुख बज्राचार्यले हस्पिटल र बैंक बीचको सम्बन्ध पनि सुमधुर रहने बताउनुभयो ।
    त्यस्तै हस्पिटलका प्रबन्धक निर्देशक पन्तले बैंकले ल्याएको प्रस्ताव आफुले यँहाका जनताको हितमा देखेपछि बैंकसँग सम्झौता गरेको बताउनुभयो ।
    पुनर्वासमा टाउन हस्पिटल स्थापनापछि स्वास्थ्य उपचारमा यस क्षेत्रका स्थानीयहरुलाई सर्वसुलभ र सुविधायुक्त स्वास्थ्य सेवाले थप मद्दत पुगेको छ ।

    Article inline ad #2

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button