Above Article Ad
  • पुनर्वासमा अधुरो बिधुत सबस्टेशन कार्य सम्पन्न भई यसै बर्ष भित्र सञ्चालनमा ल्याईने

    Above Article Content Ad
  • पुनर्वास -पुनर्वास मा निर्माणधिन ३३ के भी ए बिधुत सबस्टेशन को बाँकी रहेको प्राबिधिक कार्य पुरा गरि छिटै सञ्चालनमा ल्याईने नेपाल बिधुत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय ले जनाएको छ ।

    सोमबार प्राधिकरण प्रदेश कार्यालय प्रमुख जंगबहादुर चन्द ले पुनर्वास मा निर्माण हुँदै गरेको सबस्टेशन निर्माणस्थल को अवलोकन गर्दै छिटै सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

    Article inline ad #1
  • चन्दका अनुसार सबस्टेशन निर्माण को ठेकेदार कम्पनी आर के ईन्टरप्राईजेज ले बिचमै काम अधुरो छोडी धोका दिएका कारण अधुरो रहन गएको बताए ।
    आगामी असोज मसान्तभित्र पुन नयाँ टेण्डर गरि चालू आर्थिक बर्ष भित्रै बाँकी रहेको कार्य अन्तर्गत फिडर, ट्रान्सफर्मर लगाएतका उपकरणहरु जडान गरि सबस्टेशन संचालनमा ल्याईने प्रदेश प्राधिकरण कार्यालय प्रमुख चन्दले बताए ।

    Article inline ad #2

    अहिलेसम्म जे जसरि समस्या झेल्नुभयो तर अबको एक बर्ष भित्रै बिधुत समस्या समाधान तर्फ लाग्छौ चन्दले भने ।
    कार्यालय प्रमुख चन्दले केहिदिनदेखि पुनर्वास मा उत्पन्न हुँदै आएको बिधुत आपूर्ति समस्या मा समेत सुधार गरिने प्रतिबद्धता गरेका छन ।

    पुनर्वास उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार रायमाझी को सहजिकरण गर्नुभएको तथा संघका महासचिव दाउत तामाङ , कोषाध्यक्ष देवी भट्ट को सहभागी रहेको उक्त अवलोकन मा नेपाल बिधुत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरिया का कार्यालय प्रमुख जंगबहादुर चन्द ,बेलौरी विरतण प्रमुख टंक राज गिरि , प्रादेसिक कार्यालय सहायक प्रबन्धक दिपक जंग चरौोधरि बेलौरी सह प्रसाशक अधिकृत नरेश बहादुर सिंह पुनर्वास वितरण केन्द्र कृष्ण साउद लगायत रहेका थिए ।
    पुनर्वासमा निर्माणधिन अधुरो बिधुत सबस्टेशन कार्य पूरा गरिनुपर्ने माग सहित आईतवार पुनर्वासका सरोकारवाला टिम नेपाल विद्युत प्राधिकरण
    सुदूरपश्चिम प्रदेश कार्यालय, अत्तरीया पुगि दबाब दिए पश्च्यात डेलिगेशनको प्रभावले प्राधिकरण को बिशिस्ट टोलीले पुनर्वासको सबस्टेशन निर्माण कार्य स्थलमै आई अवलोकन गरेको हो ।

    पुनर्वास उधोग बाणिज्य संघ को आयोजना तथा पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी को नेतृत्व एबं पुनर्वास उधोग बाणिज्य संघ संस्थापक अध्यक्ष बिश्वनाथ बिष्ट को संयोजक मा विभिन्न सरोकारवाला संघ संस्था , राजनिती दलका कार्यकर्ता , समाजसेवी , बुद्धिजीवी उधोगि व्यापारी सहितको जम्बो टिमले आईतवार उल्लेखित माग सहित नेपाल बिधुत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियामा पुगेका थिए ।
    पछिल्लो समय पुनर्वासीले खेप्दै आउनुपरेको बिधुत अनियमित समस्या ले विचलित हुनुपरेको बिषय अवगत गराउदै पुनर्वास मा निर्माणधिन ३३ केभीए हाईटेन्सन लाईन यथासिघ्र सञ्चालनमा ल्याउनुपर्ने टोलिले माग गरेको थियो ।

    पुनर्वास नगरपालिका वडा नं.६ मा नेपाल विद्युत प्राधिकरणको नाममा दर्ता कायम करिब आठ कट्टा जमिनमा पुनर्वासको लागि विद्युत सबस्टेशन स्थापना गरि सञ्चालन गर्ने उद्देश्यका साथ आ.व. ०७८/०७९ मा अफिस घर निर्माण, कम्पाउण्ड तथा घेरावार लगायत भौतिक संरचना निर्माण भई सकेको र बेलौरी वितरण केन्द्रबाट ३३ के.भी.ए. हाइटेन्सन लाइन विस्तार भइसकेको साथै आ.व. ०८१/०८२ मा अत्तरीया, धनगढी हुँदै पुनर्वास सबस्टेशन सम्म पनि ३३ के.भी.ए. हाइटेन्सन लाइन विस्तारको काम समेत सम्पन्न भइसकेको अवस्थामा ढिलो नगरि छिटोभन्दा छिटो सुचारू हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

     

    गर्मीयाम तथा वर्षातको समयमा बेलौरी वितरण केन्दबाट पुनर्वासका लागि वितरण भइरहेको ११ हजार भोल्टेजको विद्युत प्रसारण लाइनका कारण पुनर्वासमा लो भोल्टेजको समस्या तथा कलुवापुरबाट बेलौरी सम्म आएको ३३ के.भी.ए. विद्युत प्रसारण लाइन लामो दुरी तथा जंगल एरीया भएका कारण सामान्य हावाहुरी, पानी आउदा समेत बिधुत लाइन फल्टहुने लाइन जाने र मर्मत तथा सुचारु गर्नका लागि धेरै समय लाग्ने विगतदेखिको समस्या ले पुनर्वास का उधोगि व्यापारी , संघ संस्था तथा सर्वसाधारण हरू मारमा पर्दै आएका छन ।

     


    आर्थिक बर्ष ०७८/०७९ मा नै सम्पन्न भै संचालनमा आउनु पर्ने पुनर्वासको विद्युत सबस्टेशन हाल सम्म पनि फिडर, ट्रान्सफर्मर लगाएतका उपकरणहरु जडान नहुनु र सबस्टेशन संचालनमा ल्याउन नेपाल बिद्युत प्राधिकरणको ध्यान केन्द्रीत हुन नसकेकोले यसबाट यस क्षेत्रका उद्योगधन्दा, कलकारखाना, होटल, व्यवसाय, सिचाई, कृषि उत्पादन लगायतमा ठूलो नोक्सानी व्यहोर्नु परिरहेको पुनर्वासको सबस्टेशन यथासिघ्र सञ्चालनमा ल्याउन पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र प्राधिकरणको प्रदेश कार्यालयमा बुझाउदै दबाब दिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by