Above Article Ad
  • नेपाली विद्यार्थीको मृत्युः मोबाइल र ल्यापटप बरामद, बुबा पुगेपछि थप जाँच हुने

    Above Article Content Ad
  • काठमाडौं – भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रिशा शाहको बुबा र अन्य आफन्त पुगेपछि मात्र पोष्टमार्टम हुने भएको छ ।

    दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दासका अनुसार परिवारका सदस्य पुगेपछि मात्र पोष्टमार्टम गर्ने गरी स्थानीय प्रहरीले शवलाई केआईएमएस अस्पतालमा राखेको छ ।‘पहिले प्रकृति लम्सालको केशमा प्रहरी संलग्न गराउनुभन्दा पहिले कलेज नै हेरेको थियो, तर यसमा सुरुदेखि नै प्रहरी संलग्न रहेको जानकारी हामीले पाएका छौं’, उनले भने, ‘प्रहरीले उनको मोबाइल, ल्यापटप लगायतका सामग्री समेत बरामद गरेको छ ।’

    Article inline ad #1
  • तर, परिवारको सहमतिपछि मात्र मोबाइल खोलिने उनले बताए । ‘नेपालमा प्रहरीले आफैं खोल्ने गर्छ, तर भारतीय कानुनअनुसार मोबाइल खोल्न पनि परिवारको सहमति आवश्यक पर्ने रहेछ,’ दासले अनलाइनखबरसँग भने, ‘त्यसैले उहाँहरू आउनुभएपछि मोबाइलको डिजिटल जाँच हुनेछ ।’१८ वर्षीया शाह स्नातक प्रथम वर्षमा अध्ययरत् विद्यार्थी थिइन् । उनको मृत्यु भएको खबर पाएलगत्तै भुवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो ।

    Article inline ad #2

    त्यसपछि शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ ।ओडिसाको ओटीभीसँग कुरा गर्दै भुवनेश्वरका पुलिस कमिश्नर देवदत्त सिंहले ७ बजे नियमित हाजिरीका लागि होस्टल कर्मचारी जाँदा उनको कोठाबाट आवाज नआएको भनेका छन् ।

    ‘त्यसपछि चेक गर्दा झुण्डिएको अवस्थामा भेटिएको पाइएको छ, हामीले लगत्तै जाँचका लागि वैज्ञानिक टिम पनि पठाएका थियौं,’ उनले थपे, ‘कोठा खनतलासी लियौं, बेडदेखि टेबलसँग सबै कुराहरू हेर्‍यौंं । डायरी लगायतका सामग्री समेत बरामद गरेका छौं ।’प्रहरीले थप अनुसन्धान र कारबाही गरिरहेको उनले बताएका छन् । सिंहले प्रहरीले तटस्थ र निष्पक्ष अनुसन्धान गर्ने भन्दै उनले भने, ‘कलेज पनि शान्त र प्रहरीलाई सबैले सहयोग गरिदिनु हुन अनुरोध छ ।’

    यसअघि ४ फागुनमा केआईआईटीमै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनले आफूलाई एक जना युवकले मानसिक यातना दिइरहेको भन्दै कलेज पटकपटक उजुरी दिएकी थिइन्, तर सुनुवाइ नभएपछि अन्तिममा ज्यान गुमाउन बाध्य भइन् ।घटनाको निष्पक्ष अनुसन्धानको साटो शान्तिपूर्ण प्रदर्शन गर्न खोज्ने विद्यार्थीलाई उल्टै दमन गरेपछि कलेजको आलोचना समेत भएको थियो । पछि यो मामलामा निष्पक्ष जाँचका लागि नेपालले कुटनीतिक पहल समेत गर्नुपरेको थियो ।त्यो घटनामा लम्साललाई यातना दिने वीटेक तेस्रो वर्षका विद्यार्थी अड्विक श्रीवास्तव पक्राउ समेत परेका थिए ।

    साभार अनलाईन खबर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by