बिओपी पुनर्वासद्धारा १५ हजार मुल्य बढीको अबैध सामान बरामद
कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारीसे अवस्थामा छाडीएको पेय पदार्थ डिउ, प्रतिवन्धीत बोइलर कुखुरा नष्ट गर्नुका साथै मैदा र लेडीज सुट भन्सार चलान गरीएको छ । पुनर्वास–६, एक नंम्वर घाट सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपालको क्षेत्रमा ल्याई छाडेको ८ हजार १ सय मूल्य बराबरको अखाद्य पेय पदार्थ डिउ, प्रतिवन्धीत बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो । यस्तै ७ हजार ४ सय मूल्य बराबरको मैदा र लेडीज सुट भन्सार चलान गरीएको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ ।शुुक्रबार बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी नायब निरिक्षक कर्ण बहादुर धामीको कमाण्डमा खटिएको ४ जनाको पैदल सिमा गस्ती टोलीले ८ हजार १ सय मूल्य बराबरको अखाद्य पेय पदार्थ डिउ र प्रतिवन्धीत बोइलर कुखुरा बरामद गरेर नष्ट गर्नुका साथै ७ हजार ४ सय मूल्य बराबरको मैदा र लेडीज सुट भन्सार चलान गरीएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ । बरामद पेय पदार्थ डीउ, प्रतिवन्धीत बोइलर कुखुरा जनप्रतिनिधि, स्थानीय र पत्रकारकोे रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ ।