
धनगढी विमानस्थल सुरक्षाको जिम्मेवारीमा राजेन्द्र बम
धनगढी –धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारी परिवर्तन गरिएको छ ।
धनगढी विमानस्थल मा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको स्थानमा वरिष्ठ प्रहरी नायब निरीक्षक राजेन्द्र बमलाई खटाइएको छ।
नयाँ जिम्मेवारी सहित धनगढी विमानस्थलको सुरक्षा नेतृत्व पाएका बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलाली मा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयमा रहँदा उनले प्रशासनिक रुपमा सुरक्षा व्यवस्थापन, समन्वय र सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
विमानस्थल सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अनुभवी अधिकृतका रूपमा बमलाई जिम्मेवारी दिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसैबीच, लामो समयदेखि धनगढी विमानस्थलमा कार्यरत रही सुरक्षा व्यवस्थापनमा योगदान पुर्याएका वरिष्ठ सई मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएका छन्।















