Above Article Ad
  • विद्यार्थी आन्दोलनदेखि केन्द्रीय नेतृत्वसम्म : भक्त बहादुर अधिकारीको संघर्षशील राजनीतिक यात्रा

    Above Article Content Ad
  • कञ्चनपुर — पुनर्वास नगरपालिका–११ निवासी भक्त बहादुर अधिकारी तीन दशकभन्दा बढी समयदेखि वामपन्थी राजनीतिमा निरन्तर सक्रिय, जनप्रिय र समर्पित नेताका रूपमा चिनिनुहुन्छ।

    अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट शुरू भएको उहाँको यो यात्राले अहिले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यको जिम्मेवारीसम्मको उचाइ हासिल गरेको छ। उहाँको राजनीतिक यात्रा २०४४ सालमा अनेरास्ववियु (एकता) को पाँञ्चौं राष्ट्रिय सम्मेलनबाट सुरु भयो। त्यसपछि २०४७ सालमा नेकपा (माले) मा संगठित भई औपचारिक राजनीतिमा प्रवेश गर्नुभयो।

    Article inline ad #1
  • २०४८ सालमा माले र माक्सवादीबीचको एकीकरणपछि बनेको नेकपा (एमाले) मा उहाँ कञ्चनपुर जिल्लाको संस्थापक सदस्य बन्नुभयो। पार्टीभित्र उहाँले जिल्ला उपसचिव, अञ्चल सदस्य र केन्द्रीय सल्लाहकार सदस्यजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक सम्हाल्नुभयो। त्यसैबीच, साविक वाइसिबिचुवा गाविसको अध्यक्षको रूपमा निर्वाचित भई स्थानीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।

    Article inline ad #2

    वर्तमानमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यको रूपमा सक्रिय रहेका अधिकारी संगठन विस्तार, नीति निर्माण र जनजिविकासम्बन्धी विषयमा क्रियाशील हुनुहुन्छ। उहाँको विचारमा—देशमा समृद्धि र स्थायित्व कायम राख्नका लागि समावेशी नेतृत्व र जिम्मेवार राजनीतिक संस्कार अपरिहार्य छ। पुनर्वास नगरपालिका–११ पछिल्लो समय शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभूत क्षेत्रको विकासमा अघि बढिरहेको छ।

    भक्त बहादुर अधिकारी जस्ता अनुभवी र दूरदर्शी नेताको सक्रियताले यस क्षेत्रको राजनीतिक चेतना र समग्र उन्नतिमा उल्लेखनीय प्रभाव पारेको छ। विद्यार्थी जीवनमा राजनीतिक चेतनासँग गहिरो सम्बन्ध गाँसिएका भक्त बहादुर अधिकारीको संघर्ष र प्रतिबद्धता नेपाली वाम आन्दोलनको प्रेरणादायी पाटो हो। स्थानीय स्तरबाट सुरू भएको उहाँको यात्रा अहिले राष्ट्रिय नेतृत्वमा पुगेको छ, जुन आजको पुस्ताका लागि उदाहरणीय बनेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6