Above Article Ad
  • बेलौरी यातायात प्रा.ली.को चौथो साधारण सभा सम्पन्न अध्यक्षमा चन्द सर्वसम्मत चयन

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको बेलौरीलाई केन्द्रिय कार्यालय बनाई सञ्चालनमा आएको बेलौरी यातायात प्रा.ली.को चौथो साधारण सभाबाट अध्यक्षमा ईश्वर बहादुर चन्द सर्वसम्मत चयन गरेको छ।

    शनिवार सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा हरिलाल रिजाल, महासचिवमा नरेन्द्र सिंह साउँद,सचिवमा शंकर सार्की, कोषाध्यक्षमा कृष्ण प्रसाद गौतम, सदस्यमा भरत बहादुर लावड, हिक्मत बहादुर थापा मगर, दिल्लु चौधरी, बासुदेव राना, तुलाराम चौधरी र भागवत जैशीलाई सर्वसम्मत चयन गरेको छ।

    Article inline ad #1
  • २०७६ साल स्थापना भएको बेलौरी यातायात प्रा.लि.मा आवद्ध ४८ वटा अटो रिक्सा सञ्चालनमा छन्।प्रा. ली.ले बेलौरीदेखि

    Article inline ad #2

    डोकेबजार र बेलौरी कलुवापुरसम्म अटो सेवा प्रदान गर्दै आइरहेको छ।शनिवार बसेको पहिलो बैठकबाट बेलौरी अटो पार्किङ देखि डोकेबजार सम्मको भाडा २ सय ५० रुपैयाँ बाट घटाएर २ सय रुपैयाँ कायम गरिएको अध्यक्ष ईश्वर बहादुर चन्दले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6