Above Article Ad
  • सांसद तामाङले भने,”संसद विघटनको असंवैधानिक प्रयास स्वीकार्य हुँदैन”

    Above Article Content Ad
  • कञ्चनपुर-प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण गर्दै “जेन–जी” आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

    २३ भदौमा शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि भएको दमनलाई तामाङले निन्दा गरेका छन्। तर, २४ भदौमा “जेन–जी” युवाहरूको नाममा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधि पनि त्यत्तिकै गलत रहेको बताउँदै उनले सम्पदा, निजी सम्पत्ति र राजनीतिक व्यक्तिमाथि आक्रमण गर्ने कार्य लोकतन्त्रकै अपमान भएको टिप्पणी गरेका छन्।

    Article inline ad #1
  • उनले भने, “हाम्रो पुस्ताले संघर्ष र बलिदानबाट ल्याएको लोकतान्त्रिक व्यवस्था, संविधान र मुलुकको राजनीतिक उपलब्धि असफल बनाउन खोज्ने प्रयासलाई सचेततापूर्वक अस्वीकार गर्नुपर्छ। युवापुस्ता विवेकसहित अघि बढेन भने फेरि ठुलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ।”

    Article inline ad #2

    संसद विघटनको सम्भावित प्रयासप्रति उनले तीव्र चेतावनी दिँदै संविधानले परिकल्पना नगरेको संसद विघटन कुनै हालतमा स्वीकार्य नहुने प्रष्ट पारे। तामाङले राष्ट्रपतिलाई संविधानसम्मत भूमिकाबाट नागरिकलाई आश्वस्त बनाउन आग्रह गर्दै, सभामुखलाई संसदको गरिमा जोगाउन दृढतापूर्वक उभिन आह्वान गरेका छन्। साथै, सेनालाई लोकतान्त्रिक मूल्य र संविधानअनुरूप जिम्मेवारी निभाउन र सम्पूर्ण लोकतन्त्र पक्षधर दलहरूलाई संयुक्त रूपमा अघि बढ्न उनले आह्वान गरेका छन्।

    युवा पुस्तालाई सम्बोधन गर्दै तामाङले संयम, धैर्य र विवेकसहित अघि बढ्न, संवैधानिक बाटोमै समाधान खोज्न र लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा प्रतिस्पर्धात्मक बहुदलीय प्रणालीको रक्षा गर्न आग्रह गरे। उनका अनुसार, “यही नै आन्दोलनमा बलिदान भएका नौजवानहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by