
सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य
Above Article Content Ad
काठमाडौँ: सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा तोकेको हो।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेका तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने बैठकले निर्णय गरेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad
...