
दोधारा चादँनी–८ मा स्वतन्त्रबाट अध्यक्ष पदमा मनिराज पण्डितको उम्मेदवारी
दोधाराचाँदनी– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका –८ बाट स्वतन्त्र पदको उम्मेदवारमा मनिराज पण्डितले उम्मेदवारी दर्ता गराएका छन् ।
जनभावना अनुरुप नगई पार्टीले आफु निकटका व्यक्तिलाई उम्मेदवारी दिएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगी पण्डितले स्वतन्त्र पदबाट वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन ।
पार्टीले जनताको अहितमा निर्णय गर्दा पण्डितसँगै वडा सदस्यमा थिरबहादुर सुनारले पनि स्वतन्त्रबाट उम्मेदवारी दिए । उनीहरु दुबै जना नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय कार्यकर्ताको रुपमा चिनिन्छन् ।
पार्टीको निर्णय स्विकार्य नभएपछि आफुहरु स्वतन्त्र उम्मेदवारमा नाम दर्ता गर्न बाध्य भएको जानकारी दिए ।
स्वतन्त्र उम्मेदवार पण्डितले वडाबासीहरुको सहयोग विकास र समृद्धिमा आफ्नो अमुल्य सोच र विचार परिवर्तन गर्दै जनताको आर्थिक, धार्मिक, र सामाजिक संवाहकका रुपमा आफु सधै कटिबद्ध भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“वडाको दिगो विकासको लक्ष्य नै मेरो उम्मेदवारीको उद्धेश्य हो ।” उनले भने, “वडाबासीहरुको चाहना अनुरुप उम्मेदवारी दिए,सफल हुनेमा विश्वस्त छु ।”