Above Article Ad
  • कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु

    Above Article Content Ad
  •  धनगढी कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको परिसरभित्र एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत करिब ३० वर्षीय प्रहरी जवान सन्देश बहादुर चनारा गएराति मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार प्रहरी जवान चनारा कार्यालयको छतबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

     

    प्रहरीका अनुसार राति करिब ११ बजे ड्युटीमा रहेका अर्को सुरक्षाकर्मीले उनलाई लडेको अवस्थामा देखेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी नायब उपरीक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6