Above Article Ad
  • पुनर्वासको टाउन बजारमा बजाज मोटरसाईकलको स्वरुम उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित प्रतिभानगर, टाउन बजारमा बजाज मोटरसाईकलको स्वरुम उद्घाटन गरिएको छ ।
    शुक्रबार राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया र प्रदेश सभा सदस्य बिरबहादुर थापाले संयुक्त रुपमा रिबन काटेर बजाज स्वरुमको उद्घाटन गरेको हो ।
    बजाज मोटर साईकल अन्य कम्पनीका मोटरसाईकल भन्दा मजबुत रहेको र आफुले पनि केहि वर्ष देखि यहि कम्पनीको मोटरसाईकल प्रयोग गर्दै आएको प्रदेश सदस्य बिरबहादुर थापाले बताए ।
    त्यस्तै प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य कडरियाले बजाजका मोटरसाईकलहरु बजारमा किनबेच बढि हुने गरेको बताईन ।
    “सुरुवातमा सानो व्यवसायबाट सुरु गरेको देखेको थिए । निरन्तरको मिहिनेतले अहिले ठुलो व्यवसायको सुरुवात गरिएको छ । यो पक्कै सफल हुनेछ ।”उनले भनिन्
    गोल्छा ग्रुप अन्तर्गत रहेको बजाज कम्पनीको मोटरसाईकलको पुनर्वासका लागि आधिकारिक बिक्रेताको जिम्मेवारी न्यू एसएमएस अटोमोटिभ्सले पाएको सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।
    बजाज कम्पनीका जुनसुकै मोटरसाईकल खरिद गर्न चाहेमा २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाईकल उपलब्ध गराउन सकिने सञ्चालक श्रेष्ठले बताए ।
    नगर प्रमुख, उपप्रमुख लगायतको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन रेडक्रसका सचिब रुपेश खरेलले गरेका थिए ।No description available.No description available.No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by