Above Article Ad
  • गायिका हेमन्ता भट्टराईको तीज गीत “छोडेनन् स्वामीले केटी फकाउन” सार्वजनिक

    Above Article Content Ad
  •  काठमाडौँ- हरितालिका तीज नजिकिएसँगै यतिबेला बजारमा नयाँ तीज गीत संगीतले माहोल तताउँदै आइरहेको छ।

    यस्तै माहोलमा गायिका हेमन्ता भट्टराईको नयाँ तीज गीत “छोडेनन् स्वामीले केटी फकाउन” सार्वजनिक भएको छ। तीजको माहोलले नेपाली दिदी बहिनीहरूमा उत्साह देखिन थालेपछि वर्तमान परिवेशलाई समेटिएको गायिका भट्टराईको नयाँ तीज गीत सोमबार सार्वजनिक भएको  हो।

    Article inline ad #1
  • गायिका भट्टराईको आफ्नै शब्द, संगीत र स्वरमा रहेको यो गीतको एरेन्ज कृष्ण पुन र म्युजिक भिडियोलाई निर्देशन तथा कोर्योग्राफर निर्देशक प्रभिन थापाले गर्नुभएको थियो। त्यस्तै  टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई मिक्स/मास्टरीङ म्युजिक बैंक र प्रोडक्सन लिम लाइट नेपालले गरेको थियो ।

    Article inline ad #2

    राजेश घिमिरेले छायाङ्कन गरेको उक्त भिडियोमा कलाकार पल्पसा डंगोल (चमसुरी), सुरबिर पण्डित, रञ्जित पौडेल र नविना सिलवाल (खुईली) को अभिनय रहेको छ । भने मेकअपमा अनिस गुरुङ थिए । वर्तमान समयमा भइरहेको घटनामा आधारित यो तीज गीतले पहिलो दिनमै राम्रो चर्चा पाएको छ। लामो समयदेखि कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएकी गायिका भट्टराईका एक दर्जन बढी गीत श्रोता माझ सार्वजनिक भइसकेका छन् भने यसअघिका गीतहरूलाई पनि निकै रुचाएको देख्न सकिन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by