
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रतिनिधि सभामा शाही, प्रदेशमा लामिछाने र सिंहको उम्मेदवारी दर्ता
Above Article Content Ad
पुनर्वास- कञ्चनपुरको क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा डिल्ली शाही र प्रदेश सभा सदस्य”क” निर्वाचन क्षेत्रमा खेमराज लामिछाने र “ख” निर्वाचन क्षेत्रमा धिरज बिक्रम सिंहले उम्मेदवारी दर्ता गरेका हुन् ।
Article inline ad #1
देश संक्रमणकालिन अवस्था तर्फ गईरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा भ्रष्टाचार विरोधी अभियान ल्याई जनताका पक्षमा सरकार ल्याउन चुनावी मैदानमा उत्रिएको प्रतिनिधि र प्रदेश सदस्य उम्मेदवारहरुको भनाई छ ।
Article inline ad #2
उनीहरूले एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको नेतृत्व गर्न हामी सहित सबै क्षेत्रबाट जिताईदिन सम्पुर्ण मतदाताहरुमा हार्दिक अपिल गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad