Above Article Ad
  • विदेश लैजाने भन्दै दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार

    Above Article Content Ad
  • पुनर्वास  -रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ।

    भिजिट भिसामा विदेश जानेहरूमाथि नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरूले नेपाली महिलालाई भारतको बाटबाट लैजान थालेका हुन्। दुबई, कतार, ओमान, कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले महिलाहरूलाई प्रलोभन देखाएर दिल्लीको होटलमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ।

    Article inline ad #1
  • नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रबव नरेन्द्र कुँवरले दिल्लीका विभिन्न होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे। भारतको विमानस्थल हुँदै खाडी लैजान लागेका महिलाहरू समस्यामा परेका हुन्। उनीहरूलाई दिल्लीको महिपालपुरको विभिन्न ४ वटा होटलहरूमा राखेर बन्धक बनाइएको प्रहरीको भनाइ छ।

    Article inline ad #2

    केआइएन इण्डियाका निर्देशक नविन जोशी भन्छन्, ‘नेपाली महिलालाई बन्धक बनाएर एजेन्ट सम्पर्कमा नआएको सूचना केही दिनअघि आएको थियो। सूचनालाई पुष्टि गरेपछि प्रहरी र दूतावासको सहयोगमा उद्धार गरेर नेपाल पुर्‍याउँदैछौं।’

    होटलमा बन्धक बनाइएका धेरै महिला दिल्लीमा बेखर्ची भएका थिए। एजेन्टले उनीहरूलाई आज पठाउँछु, भोलि पठाउँछु भन्दै अल्झाउने र महिलाहरूलाई होटल बाहिर जान नदिने गरेका थिए। उनीहरूमध्ये ३ जनासँग त पासपोर्टसमेत छैन। एजेन्टले उनीहरूलाई पासपोर्ट बनाइदिने र कुवेत पठाउँछु भनेर आश्वासन दिएर सडक मार्ग हुँदै दिल्ली पुर्‍याएका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6