Above Article Ad
  • कृषि प्रयोगशालामा कार्यरत महिला कर्मचारीको रहस्यमय मृत्यु

    Above Article Content Ad
  • सुर्खेत – सुर्खेत प्रहरीले एक महिला कर्मचारीको मृत्यु घटनामा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई पक्राउ गरेको छ।

    Article inline ad #1
  • पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसी रहेका छन्।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार विसीलाई शनिबार नियन्त्रणमा लिइएको थियो। उनीमाथि अनुसन्धानका लागि आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    उनका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाकै आवासगृहको बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन्।

    उनीलाई उद्धार गरी उनका श्रीमान् महेश बस्नेतले प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    प्रहरी प्रवक्ता बोहोराका अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनका श्रीमान्को उजुरीपछि वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट विसीलाई पक्राउ गरिएको हो।

    जाजरकोटको कुशे गाउँपालिका–९ पैँक माइतीघर भएकी चन्द्राको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत थिइन्। उनका एक छोरी पनि छन्।

    प्रारम्भिक अनुसन्धानका क्रममा नायब सुब्बा विसी र चन्द्राबीच शंकास्पद सन्देश आदानप्रदान (च्याट) भएको देखिएको प्रहरीले जनाएको छ। विसीले उनलाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    ‘घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक बोहोराले भने।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6