
बिसालु सर्पको जोखिम, रोकथाम, प्राथमिक उपचार र स्थानीय तहको भूमिका
१. परिचय (विस्तृत)
सर्प (साँप) जैविक सन्तुलन कायम राख्न योगदान पुर्याउने अत्यन्तै उपयोगी जीव हुन्। तिनीहरूले मुसा, भ्यागुता, छेपारो, कीरा जस्ता साना जनावरहरूको संख्या नियन्त्रण गर्छन्, जसले कृषिमा हुने क्षति न्यूनीकरण गर्छ। विशेषगरी धान, गहुँ, मकैजस्ता अन्नबालीमा मुसा र कीराको आक्रमण नियन्त्रण गर्न सर्पको भूमिका उल्लेखनीय हुन्छ।
नेपालमा हालसम्म करिब ८९ प्रजातिका सर्प फेला परेका छन्, जसमा १७ प्रजाति विषालु छन्। यीमध्ये मुख्य विषालु सर्पहरूस्
घट्टी गोमन
करैत
नाग
राज गोमन
धामन (हाल बिसालु मानिंदैन तर ठूलो भय सिर्जना गर्न सक्छ)
सर्पदंशको घटनाहरू विशेष गरी बैशाखदेखि असोज महिनासम्म र साँझ–राति बढी हुने गरेको पाइन्छ।
२. सर्पदंशको जोखिम कहाँ, कहिले र किन ?
उच्च जोखिमयुक्त क्षेत्र :
तराईको दलदली, खोला किनार, खेतबारी
झाडी र गहुँगोठ आसपास
कच्ची घर वा फुसको छाना भएका घरहरू
उच्च जोखिम समय :
गर्मी मौसम (बैशाख–असोज) : सर्प बाहिर निस्कने समय
साँझ–राति : सर्प शिकार खोज्न निस्कने बेला
मुख्य कारणहरू :
घर वरिपरि फोहोर, झाडी, मलमुत्रको खुला व्यवस्थापन
मुसा र भ्यागुताको अत्यधिक संख्या
सुत्ने बेलामा झुल नलगाउने, खुला चप्पल लगाएर हिँड्ने
३. बिसालु सर्पदंशका लक्षणहरू
सर्पको विषको प्रकार अनुसार लक्षण फरक हुन सक्छ :
Neurotoxic सर्प (जस्तै: करैत, नाग)
बोल्न गाह्रो, निगल्न कठिनाई
आँखाको पुतली नचल्ने
सास फेर्न अप्ठ्यारो
Hemotoxic सर्प (जस्तै : गोमन)
गम्भीर रक्तस्राव, सुन्निनु, नीलो र कालो धब्बा
टाउको दुखाइ, वान्ता
अंग सुन्निनु वा नचल्ने
गम्भीर अवस्थामा
बेहोस हुनु
सास बन्द हुने
मृत्यु
४.सर्पले टोकेपछि गर्नुपर्ने कार्यहरू
कार्य व्याख्या
शान्त राख्नु डरले हृदयगति बढ्छ, विष चाँडै फैलिन सक्छ
हल्का पट्टी टोकिएको भागको माथिल्लो भागमा लचिलो पट्टी बाँध्ने
सर्पको फोटो सम्भव भएमा सर्पको पहिचान गर्न मद्दत हुन्छ
अस्पताल लैजाने सकेसम्म छिटो, १–२ घण्टाभित्र उपचार सुरू गर्नु आवश्यक
नचल्ने अवस्था चलायमान हुँदा विष छिटो फैलिन्छ, त्यसैले कम हिँडाउनु
५.नगर्नुपर्ने गल्तीहरू
गल्ती किन नगर्ने ?
घाउ काट्ने संक्रमणको जोखिम बढ्छ, विष फैलिन सक्छ
पोल्ने वा सेक्ने छाला जल्न सक्छ, उपचार झन जटिल हुन्छ
झारफुक समय खेर जान्छ, ज्यान जोखिममा पर्न सक्छ
ढिलाइ गर्नु उपचारको ढिलाइले मृत्युदर बढ्न सक्छ
धेरै हिँड्ने चलायमान हुँदा विष तीव्र गतिमा फैलिन सक्छ
६.सर्पदंशको रोकथाम
घर वरिपरि झाडी, घाँस समयमै फाल्ने
मुसा र भ्यागुता नियन्त्रणमा राख्ने
खेत जानु वा राति हिँड्दा बलियो जुत्ता र टर्चलाइट प्रयोग गर्ने
झुल हालेर सुत्ने
फोहोर मैला ढाकिने गरी व्यवस्थापन गर्ने
७. स्थानीय तहको भूमिका
जनचेतना फैलाउने
बस्ती, विद्यालय, महिला समूहमा सर्पसम्बन्धी कार्यक्रम
सर्पदंश रोकथाम र उपचारबारे पम्प्लेट, पोस्टर वितरण
पूर्वतयारी
स्वास्थ्य स्वयंसेविका, शिक्षकलाई तालिम
एण्टिभेनम, जीवनरक्षक औषधि भण्डारण
तथ्यांक संकलन, उच्च जोखिम क्षेत्र पहिचान
स्वास्थ्य सेवा सुदृढीकरण
सबै वडास्तरीय स्वास्थ्य केन्द्रमा औषधि व्यवस्था
२४ घण्टा इमर्जेन्सी सेवा
जनशक्ति अभाव हुन नदिन पूर्वव्यवस्था
८. स्वास्थ्य संस्थाको दायित्व
बिरामी भर्ना गर्दै प्राथमिक उपचार सुरू गर्नु
Antivenom, Adrenaline, Antibiotics लगायतका औषधि राख्नुपर्ने
छिटो रेफर गर्ने वा एम्बुलेन्स सेवा सुनिश्चित गर्नु
९.महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका
घरमै गएर जनचेतना फैलाउने, विशेष गरी बच्चा, महिला र वृद्धमा
सर्पदंशको लक्षण चिन्न सहयोग पुर्याउने
उपचारमा ढिलाइ नहोस् भनेर सक्रिय भूमिका खेल्ने
१०. सर्प संरक्षणस् किन आवश्यक ?
सर्प जैविक कीटनाशक हुन् – किरा र मुसा नियन्त्रण गर्छन्
सर्प नहुनु रोग प्रसारको कारण बन्न सक्छ
मार्ने होइन, वन कार्यालय वा स्थानीय निकायलाई खबर गर्ने अभ्यास गर्नुपर्छ
११. निष्कर्ष
सर्पदंश गम्भीर तर रोकथाम योग्य अवस्था हो
सचेतना, शीघ्र उपचार र स्थानीय समन्वय अत्यन्त जरुरी
सर्पलाई मार्ने होइन, संरक्षण गर्ने सोच विकास गरौँ
जनचेतनाका लागि मुख्य सन्देश :
सर्प देख्दा नडराऔं – सावधानी अपनाऔं
सर्पले टोकेमा ढिलाइ नगरी अस्पताल जाऔं
सर्प मार्ने होइन, सूचना दिने बानी बसालौं
आफू पनि बचौं, अरूलाई पनि बचाऔं
















nll06m