Above Article Ad
  • कञ्चनपुरका ५ वटा विद्यालयमा नेपाली सेनाद्वारा (एनसीसी) तालिम सुरु

    Above Article Content Ad
  • धनगढी-कञ्चनपुरका ५ वटा विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ।

    सोमबारदेखि बेलौरीको उग्रतारा बाल विद्यालय सहितको ५ वटा विद्यालयमा तालिम सुरु भएको हो। बेलौरीको उग्रतारा बाल विद्यालय, लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालय, पुनर्वास नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय तथा भीमदत्त नगरपालिकाका लिटिल स्टार पब्लिक माध्यमिक विद्यालय र सनराइज पब्लिक सेकेन्डरी स्कुलमा तालिम सञ्चालन भइरहेको छ।

    Article inline ad #1
  • तालिममा १५० जना विद्यार्थीहरुले तालिम लिइरहेको बराहदल गुल्म भगतपुर ब्यारेकका सेनानी अशोक शाहीले जानकारी दिए। उनका अनुसार तालिम १ सय दिनको रहने छ। जसमा ७९ दिन विद्यालयमा तालिम हुने छ भने बाकी २१ दिन कोहलपुरमा विशेष प्रशिक्षण सञ्चालन गरिने छ।

    Article inline ad #2

    अनुशासित, बफादार, देशभक्त, आत्मविश्वासी तथा नेतृत्व क्षमतायुक्त नागरिक तयार गर्न नेपाली सेनाले वि स २०२६ सालदेखी यो तालिम दिइरहेको सेनानी शाहीले बताए। उनका अनुसार तालिममा विद्यार्थीहरुलाई व्यावहारिक र जीवन उपयोगी सीपहरू प्रदान गरिने छ् । तालिममा शारीरिक व्यायाम, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ लगायतका गतिविधिहरू गरिन्छ।

    नेपाली सेनाले एनसीसीलाई जुनियर र सिनियर गरी दुई तहमा सञ्चालन गर्दै आएको छ। कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई जुनियर डिभिजन र कक्षा ११ तथा १२ का विद्यार्थीहरूलाई सिनियर डिभिजन अन्तर्गत प्रशिक्षण दिइन्छ। सिनियर डिभिजनमा विद्यार्थीहरूलाई हतियार सञ्चालनसम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिने छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6