
बिओपी डोकेबजारले ग¥यो १८ हजार बराबरको बोइलर कुखुरा बरामद गरी नष्ट
Above Article Content Ad
कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारीसे अवस्थामा छाडीएको बोइलर कुखुरा नष्ट गरिएको छ । पुनर्वास ११ अमरबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो । शुक्रबार बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी नायब निरिक्षक नबिन कुमार रेग्मीको कमाण्डमा खटिएको ५ जनाको एकल सिमा पैदल गस्ती टोलीले १८ हजार बराबरको ६० किलो प्रतिबद्धित बोइलर कुखुरा बरामद गरी नष्ट गरेको बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ । बरामद बोइलर कुखुरा जनप्रतिनिधि, पत्रकार र स्थानीयको रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad















