
लालझाडीमा तेस्रो खखडेहरा महोत्सव सम्पन्न
“समाजिक विकृति और लागू औषधके समाजमे जडसे हए नोचन ,संस्कृति इकल्लो नाए अब शिक्षा घैन फिर हए आपनके सोचन“ भन्ने मुल नाराका साथ तेस्रो खखडेहरा महोत्सव लालझाडीमा सम्पन्न भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका आयोजना र राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको सहकार्यमा खखडेहरा महोत्सव भएको छ ।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालीकाको अध्यक्ष निर्मल रानाले होली पर्वको अन्त्य सँगै राना समुदायकाले मनाउने खखडेहरालाई महोत्सवका रुपमा मनाइएको बताउनुभयो । उहाँले पछिल्लो समय युवाहरु लागुपदार्थ दुब्यवसनीमा बढीरहेकाले पनी हाम िसबैको सहकार्यले त्यसलाई निर्मुल पार्न सकिने बताउनुभयो । यस्तै अनेकतामा एकता रहेको लालझाडी बासीको पहिचान बनाउन गाउँपालिकाले नै खखडेहरा आयोजना गरेको उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमा बोल्दै लालझाडी गाउँपालीकाको उपाध्यक्ष सपना चौधरी रानाले रानाथारु समुदायको लोक संस्कृति संरक्षण अपरिहार्य रहेको बताउदै सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । महोतसब मार्फत रानाथारु कला संस्कृतिको संरक्षण तथा खखडेहरा पर्व प्रवद्र्धन गर्नुका साथै, यस क्षेत्रको शैक्षिक विकासका लागि नेतृत्वलाई ध्यानाकर्षण समेत गर्न सकिने उहाँले बताउनुभयो । रानाथारु समुदायको मौलिक पर्वमा मनोरञ्जन प्रदान, युवाहरूलाई सामाजिक सचेतना तथा विकृति विरुद्ध सचेतना फैलाई समुन्नत समुदायको खोजीमा यसता पर्वहरुले ठुलो भुमीका खेल्ने उहाँले बताउनुभयो ।

संस्कृति बचाउन मात्र नभएर सामाजिक विकृति र लागू औषधको विरुद्ध शिक्षामा जोड दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक जगदीश रानाले बताउनुभयो । कार्यक्रममा रानाथारुको होरी नाच, स्थानीय तथा राष्ट्रिय कलाकार र सामाजिक अभियन्ताको उपस्थिति रहेको उहाँले बताउनुभयो ।
रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व होरीको समापनका रूपमा खखडेहरा मनाइन्छ । सामाजिक मान्यता अनुसार खखडेहरा पर्वको मूल मर्म नै होरी पर्वको औपचारिक बिदाइ सँगै समाजमा रोगव्याधि, महामारी लगायत प्रेत आत्माहरूलाई प्राचीन मान्यता अनुसार गाउँवासीहरू जम्मा भएर संयुक्त रूपमा कुट्ने खखडेहरा कुटेर फुटाउने प्रचलन छ । गलत तत्वको अन्त्य भएको मान्यता अनुरूप खुसीयाली मनाउने पर्वको रूपमा खखडेहरा मनाइदै आएको छ । एकाबिहानै गाउँको दक्षिणतिर पर्ने सार्वजनिक बाटोमा जम्मा भई घैँटो वा टायलमा सात सात ओटा मट्याङ्ग्रामा झाडुको सिन्का हालेर राख्ने र त्यहीँनिर विभिन्न नयाँ अन्न तथा दाल समेत राख्ने गरिन्छ । गाउँका सबै घरबाट जम्मा गरिएका ती सामग्रीहरूलाई गाउँका भलमन्सा वा पधनाले फुटाउने प्रचलन रहेको छ । त्यसपछि घरमा फर्कि सकेपछि सबै घरमा गई भेटी स्वरूप दक्षिणा लिने गरिन्छ ।















