Above Article Ad
  • खुशी हुने ठाउँ कतै भेटिएन…..

    Above Article Content Ad
  • आशिका लामा ।
    काठमाडौं । हेटौडा नगरपालिका–१३ पदम पोखरी, मजुवामा जन्मिएकी म उमेरले १७ वर्ष पूरा भए । उमेर बढ्दै गएसँगै मेरा सपनाहरु पनि दिनप्रतिदिन बढ्दै छन् । समय परस्थिती अनुसार बदलिनुपर्छ भन्छन् । तर म आफुलाई बदल्न एउटा अपुरो लक्ष्य, झूटो मुस्कान, मन अनि मस्तिष्क सहित थाकेको शरीरको आयाम खोज्दै संघर्षमा छु ।

    सानोमा मलाई बोकेर कहिले अँध्यारो कोठामा जाँदै गर्दाको त्यो क्षण सम्झिन्छु । अनि आमाका बारेमा गाईएका गित सुन्दै मनमनै आफु पनि गुनगुनाउँछु । मेरा लागि गरेको आमाबुवाको त्यो संघर्ष अहिले सुन्दासुन्दै मन भक्कानिन्छ । घरमा बुवा आमाको साथ घरौटीमा राखेर आफ्नो भविष्यकै लागि उपत्यका शहरमा निस्केपछी परिवारमा एक्लो महशुस छ । सँगैको हाँसोलाई टाढाबाट नियाल्नुपर्दाको पीडा मनका हरेक शिरालाई थाहा होला कि मेरा दुई नयनलाई ।

    Article inline ad #1
  • आँखा बन्दै गर्दापनि नलुक्ने ती रहरहरु, अहिले भोगेका यी बाध्यता अनि जिम्मेवारीहरू त्यसबेला कथामा सुनिन्थे । उपत्यकाको शहरमा भविष्य खोज्न आएकी म अब राहदानीको साहारामा वैदेशिक अँगाल्न तयार हुन पुगे ।
    समयबोकेर विदेशिनु पर्ने बाध्यता बनेको छ । अब के काम ती सर्टिफिकेटहरुको, जसमा उच्च अङ्क ल्याएर उज्ज्वल भविष्य बनाउने सबैलाइ आश दिएकी थिए । आमाले सधै हाँस्न मात्र सिकाउँछिन तर आमाले सिकाएको त्यो हाँसो पनि आज बिर्सिएकी छु । बाध्यताले यहाँ अपरिचितका सामु पनि आँसु लुकाएर हाँस्न पर्ने बनेको छ । म त्यो घाम पो रहेछु जुन साँझ नपुग्दै अस्ताए । अनि अर्को बिहान उदाउनै सकिन । हिजो सबैले भन्ने गरेको कँहाबाट ल्याउँ अब म त्यो भाग्य, जुन मेरो तक्दिरमा आजसम्म लेखिएकै छैन । मिहिनेतमा हुन्छ भाग्य भन्थे तर मेरो मिहिनेत घटाएकी छैन । केवल खुशी थियो बनाउने चाहाना बोकेको तर हाँस्न नपाई मेरा सामु आईपुगे खुशीका मलामीहरु । ब्यर्थले खसेका दुई नयनका मेरा आँशुहरु, म सोच्छु दुखी हु या हैन तर मेरो जिवनमा खुशी हुने ठाउँ कतै भेटिएन ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button