Above Article Ad
  • बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

    Above Article Content Ad
  • कञ्चनपुरः टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन्। झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन्। बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ।

    यहाँका स्थानीयहरूले विपद्सँग जुध्न गरेको पूर्वतयारीको एउटा अभ्यास हो। जसले उनीहरूलाई विपद्मा खोज तथा उद्धार गर्दा कसलाई बढी प्राथमिकता दिने भन्ने सङ्केत गरेको छ। ‘यहाँका सबै घरमा रातो झण्डा गाडिएको छ बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपाङ्ग भएकाका घरमा अपाङ्गताको चित्र र बालबालिका र वृद्धवृद्धा नभएका घरमा सादा झण्डा राखिएको छ।’

    Article inline ad #1
  • यहाँका स्थानीय रुपा सुनारले भनिन्, ‘बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ।’ तीनतिर जोगबुडा नदी र अर्कातर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।

    Article inline ad #2

    कञ्चनपुरको दोधराचाँदनी–१० सहित सातवटा वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारको घोषणासँगै यहाँका स्थानीय विपद्सँग जुध्न आफैँ पूर्वतयारीमा जुटेका छन्। उनीहरूले विपद् जोखिम नक्साङ्कन गरी त्यसका आधारमा घरमा राता झण्डा लगाएका हुन्। जसमा बालबालिका, अपाङ्गता, अशक्त, सुत्केरी तथा ज्येष्ठ नागरिकको सङ्केत बनाइएको छ। यसले बाढीको समयमा उद्धारकर्मीलाई कुन घरमा कस्ता व्यक्ति छन्? कसलाई प्राथमिकता दिने भनेर थाहा पाउन र सोही आधारमा उद्धार गर्न सहज हुने स्थानीय बताउँछन्।

    निर्मला सुनारका अनुसार विपद्को उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेर त्यसको पूर्वतयारीमा लागेका छौँ। सबै घरमा देखिने स्थानमा विभिन्न सङ्केतका झण्डा राखेका छौँ, यसले विपद्मा उद्धार गर्न सहयोग पुर्याउँछ। उनले सरकारले दोधारा चाँदनीका तीन वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बताउँदै ती जोखिममा रहेका बस्तीमा पूर्वतयारीमा लागेको बताइन्।

    उनका अनुसार यहाँका कुतियाकवर, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर बस्ती, सुन्दरनगर, कञ्जभोज, बडुवाल टोल, ढकनाघाट, प्रगति टोल र पटराखल्ला लगायत बस्तीमा स्थानीयहरू पूर्वतयारीमा जुटेका छन्। दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले विपद्को पूर्वतयारीअन्तर्गत बाढीको जोखिममा रहेका बस्तीका घरमा साङ्केतिक रातो झण्डा राखिएको जानकारी दिए।

    त्यहाँका ४५ घरमा रातो झण्डा राखिएको छ। जोगबुडा र महाकाली दुवै नदीले कटानका कारण यहाँका तीन वडा हरेक वर्ष प्रभावित हुँदै आएका छन्। ४९ परिवारको बसोबास रहेको कुतियाकवर बस्तीमा अहिले ३९ परिवारको बसोबास छ। बाढीकै कारण केही भारत पसेका छन् भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र पलायन भएका छन्।

    पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ। करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिँदै गएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6