Above Article Ad
  • आजदेखि सुदूरपश्चिममा मौसम सुधार हुने

    Above Article Content Ad
  • धनगढी-मनसुन बाहिरिए पनि वर्षा भइरहेको सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसम सुधार हुँदै जाने मौसमविज्ञले बताएका छन्।

    पश्चिमी र स्थानीय वायुको प्रभावले सोमवारदेखि यो प्रदेशभरी वर्षा भइरहेको छ। मनसुन बहिर्गमन लगत्तै पोष्ट मनसुनको सक्रियताले पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहले बताए। उनले बुधवारदेखि मौसम सुधार हुँदै जाने उल्लेख गरे।

    ‘सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएलगत्तै पोष्ट मनसुन सक्रिय भयो’ साहले भने, ‘त्यसको सक्रियताका कारण वर्षा भइरहेको छ।’ नेपालमा प्रि–मनसुन, मनसुन, पोष्ट मनसुन अवधि र हिउँदमा वर्षा हुनेगरेको मौसमविदले बताउने गरेका छन्। पोष्ट मनसुनको सक्रियताले सबैभन्दा बढी डडेल्धुराको ज्यामिरेखालीमा पानी परेको महाकाली बेसिन फिल्ड कार्यालयले जानकारी दिएको छ। सोमवार मात्रै ज्यामिरेखालीमा ७१.२ मिलीमिटर र पछिल्लो २४ घण्टामा ७४.८ मिलीमिटर पानी परेको प्रमुख साहले जानकारी दिए।

    Article inline ad #1
  • मनसुन बाहिरिएलगत्तै पोष्ट मनसुन अवधिमा भएको वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या भएको छ। खेतमा धान पाकेर तयार भए पनि वर्षाका कारण काट्न समस्या भइरहेको कैलारी गाउँपालिका–७ का कृषक खेमराज चौधरीले बताए। दसैँ लगत्तै धान काट्न सुरु गरेका किसान पानी पर्न थालेपछि समस्यामा परेका छन्।

    Article inline ad #2

    कृषक चौधरीका अनुसार कतिपयले धान काटेलगत्तै थ्रेसिङ गरेर भित्र्याए पनि धेरैजसो किसानको धान पानीले भिजेको छ। वर्षा नरोकिए भिजेको धान खेतमै उम्रिने उनीहरुलाई चिन्ता छ। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख साहले बुधवारदेखि मौसम सुधार हुँदै जाने भएकाले त्यसपछि किसानलाई धान भित्र्याउन सहज हुने बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6