Above Article Ad
  • पुनर्वासमा नेपाल बुद्धिजीवि परिषदको प्रथम अधिवेशन सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–सामुदायिक बिधालयका नेकपा एमाले निकट शिक्षकहरुको हकहित संगठन नेपाल बुद्धिजीवि परिषदको पुनर्वास नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

    बिहिबार पुनर्वास नगरपालिका–६, वडा कार्यालयको सभाहलमा नेपाल बुद्धिजीवि परिषदका केन्द्रिय सदस्य तथा कंचनपुर ईन्चार्ज दुर्गा कलौनीको प्रमुख आतिथ्यमा पुनर्वास नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

    Article inline ad #1
  • नेपाल बुद्धिजीवि परिषद पुनर्वासका ईन्चार्ज गणेश जोशीको सभाध्यक्षतामा भएको कार्यक्रको बिशिष्ट अतिथीमा नेकपा एमालेका पुनर्वास सह–ईन्चार्ज बिरबहादुर बोगटी, पुनर्वास–६ का वडाध्यक्ष मित्रसिँह लामा, पुनर्वास–२ का वडाध्यक्ष डम्मरबहादुर थापा र बुद्धिजीवि परिषद कञ्चनपुरका अध्यक्ष रामचन्द्र जोशी आसिन थिए । भने राष्ट्रिय शिक्षक संगठन पुनर्वासका अध्यक्ष चन्द्रबहादुर थापा लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

    Article inline ad #2

    प्रथम अधिवेशनबाट कर्णबहादुर रोकायाको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष शान्ति दाहाल, कोषाध्यक्षमा डिलमाया बि.क., सचिवमा नवराज सिँह, उपसचिवमा पार्वती बराल, प्रेम शर्मा निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा धनबिर मोक्तान, अजय शर्मा, रत्नबहादुर बि.क., ईश्वरा पाण्डेय र धनबहादुर थापा निर्वाचित भएका हुन् ।
    निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी कलौनीले शपथ ग्रहल गराएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button