Above Article Ad
  • सुदूरपश्चिमका ३५ नेपाली भारतको उत्तराखण्डबाट सकुशल उद्धार

    Above Article Content Ad
  • कञ्चनपुरः भारतको उत्तराखण्डबाट ३५ नेपालीको उद्धार गरिएको छ।

    उत्तराखण्डको उद्यमसिंह नगरमा आकर्षण रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका सुदूरपश्चिमका एकसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको हो।

    Article inline ad #1
  • आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका–१ का १९ वर्षीय प्रेम मल्लसहित ३५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले डोटीका मल्लसहित ३५ जनालाई विगत लामो समयदेखि उद्यमसिंह नगरमा बन्धक बनाइएको पाइएको बताएको छ।

    Article inline ad #2

    दूतावासले शनिवार जारी गरेको विज्ञप्तिमा ‘परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था)को सहयोगमा यही मिति असार ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरिएको’ उल्लेख छ। उनीहरूको उद्धार गरी राजदूतावासको संस्थागत समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ।

    आकर्षक जागिरको प्रलोभनमा नेपालको डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका युवालाई त्यहाँ बोलाएर बन्दी बनाइएको थियो। उद्धार गरिएका युवाहरू १६ देखि ४१ वर्ष उमेर समूहका छन्। उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरिएको खुल्नमा आएको बताइएको छ।

    उक्त घटनामा संलग्न कैलालीको धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई जनासहित तीन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतको उत्तराखण्डका अरू स्थानमा बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by