
बैतडीमा भीषण पहिरो : एक घर पूर्ण क्षतिग्रस्त, १० घर जोखिममा
Above Article Content Ad
Article inline ad #1
गणेशदत्त जोशीको घरमा गएराति माथिबाट आएको ठूलो पहिरो खसेपछि घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। पहिरोका कारण आसपासका अन्य १० घरसमेत उच्च जोखिममा परेका छन्।
Article inline ad #2
पहिरोमा परी क्षतिग्रस्त घरभित्र पुरिएका १३ वटा बाख्रामध्ये १० वटाको सकुशल उद्धार गरिएको छ। बाँकी बाख्राको खोजी तथा उद्धार कार्य जारी रहेको स्थानीयले बताएका छन्।
पहिरोपछि स्थानीय छिमेकी, वडा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, समाजसेवीलगायतको टोली घटनास्थलमा खटिएको छ। उनीहरूको समन्वय र विशेष पहलमा पुरिएको घर तथा आसपासको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ।
पहिरोका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















