
रामलीला महोत्सबको आयव्याय सार्बजनिक, पुनर्वासमा बिराट हनुमानमुर्ति स्थापना हुने
पुनर्वास, १५ मसिर।
कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको रामलीला महोत्सबको आयव्याय एक कार्यक्रम बीच सार्बजनिक भएको छ ।
पुनर्वास नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिर समितिद्वारा आयोजना गरिएको उक्त महोत्सबको आयव्याय मन्दिरकै प्राङ्गणमा शनिबार सार्बजनिक भएको हो ।
मन्दिर समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको सभाध्यक्ष एबं नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका बरिष्ठ उपाध्यक्ष रञ्जित लामाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आर्थिक प्रतिबेदन समितिका बरिष्ठ कोषाध्यक्ष कृष्णकान्त पौडेलले प्रस्तुत गरेका थिए ।
आम्दानीतर्फ ६ लाख ९ हजार ९ सय त्रिहत्तर र खर्चतर्फ दुई लाख ८६ हजार दुई सय ११ रुपैयाँ प्रतिबेदनमा उल्लेख गरिएको छ ।
जम्मा बचत ३ लाख २३ हजार ७ सय ६२ रुपैयाँ रहेको छ भने ४५ हजार ७ सय ६ रुपैयाँ भने कबुल गरिएको तर उठ्न शेष रहेको समेत प्रतिबेदनमा उल्लेख छ ।
मन्दिरकै प्राङ्गणमै हनुमान मूर्ति प्रतिस्थापनार्थ कात्र्तिक २२ गतेदेखि मंसिर ३ गतेसम्म आयोजना गरिएको उक्त रामलीला महोत्सबले समाजमा नैतिकता, भाइचारा र सौहार्दता सृजना गरिएको उपस्थित अधिकाँश वक्ताहरुले बताए ।
जुन आशायले प्रेरित भएका थियौं त्यो आशय पूरा हुनुमा सम्पूर्ण धर्ममार्गी र दात्ताहरुको शुभाशाय नै भएको युवा सामाजसेवी गौरब शर्माले बताए ।
देश र समाजमा आर्थिकमन्दीको बिकराल अवस्थामा पनि समितिले सोंचे भन्दा बढि नै सफलता हात पारेको अर्का वक्ता स्थानीय बुद्धिजिवी खेमराज लामिछानेले जिकिर गरे । अझै उनले थप्दै भने “यो समितिलाई त २१ तोपकै सलामी दिनुपर्छ ।”
प्रमुख अतिथिको आसनबाट बोल्दै लामाले समाजमा नैतिकतालाई बढावा दिन यस्ता धार्मिक कृयाकलापहरुलाई मिसन कै रुपमा प्रयोग गर्नु पर्ने बताए । “धार्मिक कृतिहरुलाई उजागर गर्न समय नै पर्खिनु भन्दा बरु दिनानुदिन यस्ता धार्मिक कृतिहरुलाई उजागर गर्दा श्रेयष्कर हुन्छ ।” उनले भने–“स्थापन हुन लागेको हुनुमानको मुर्तिलाई धार्मिकताको साथ–साथै पर्यटनप्रबद्र्धनको दृष्टिलेसमेत हेरिनुपर्छ ।”
रामलीला मूल आयोजक समितिका सदस्य प्रकाश गैरेको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमका सुत्रधार समितिका महासचिव आनन्द सुबेदी रहेका थिए ।
सोही भेलाले मुर्ति स्थापनाको लागि शनिबार नै ५÷५ सदस्यीय निर्माण तथा अनुगमन समिति सर्वसम्मत चयन गरेको छ ।
निर्माण समिति अध्यक्षमा कृष्णराज गिरी, सचिवमा प्रकाश गैरे, कोषाध्यक्षमा राजेन्द्र ढकाल सदस्यहरुमा यमप्रसाद जैशी र
मिना खतिवडा रहेका छन् भने अनुगमन समिति संयोजकमा बिष्णुप्रसाद अधिकारी, सदस्यहरुमा आनन्द सुबेदी, हेमबहादुर थापा, कृष्णकान्त पौडेल र शोभाखर भण्डारी रहेका छन् ।
निर्माण कार्यका लागि प्रकृया सुचारु भइसकेको निर्माण समितिले जनाएको छ । निर्माण कार्यलाई अझ व्यापक र विराट रुप दिन भागेश्वर सुगर मिलले सघाउँने अनुगन समितिका सदस्य आनन्द सुबेदीले जानकारी दिए ।