‘सर सरकारी स्कुलम बिना रुपियाँके फेन पढा नि पैना हो का ? मै त सुनल बातु ।’
पुनर्वास नगरपालिका वडा नं. ७ का आशाराम चौधरी ति पात्र हुँन जसको जिवनमा सधै निराशा मात्रै भोग्नु परेको छ । जिवनको झण्डै साडे छ दशक पार गरि सकेका आशारामले अनगिन्ती दुखका पहाडहरु छिचोली सकेका छन् । ४५ बर्षको उमेर मै पत्नीले छोडेर स्वर्गवास भईन् । अहिले छोरोे दरुवा भएर घर छोडेर हिड्यो । बुहारी पनि दोश्रो विवाह गरेर हिडिन् ।
तीन वटा स–साना नातिहरुको जिम्मेवारी अहिले आशारामको बुढो काँधमा आएको छ । नातीहरुलाई खाना पकाउने ख्याउने, लत्ता कपडा धुने जस्ता काम नै अहिलेका आशारामको दैनिक चर्या बनेको छ । नातिहरु अनिश्चित भविष्य देखेर उनी अतालिन्छन् । जिवनको अन्तम किनारामा सुखका दिन आउलान भनि आश गरेका आशारामको समस्या झन झन बढ्दै गईरहेको छ ।
जमिनको नाममा ऐलानी साडे तीन कठ्ठा बलौटे, बाढि लाग्ने जमिन मात्र छ । अहिले त्यसैमा फलाएको गहु काटरे बाली भित्र्याउने चटारो उनलाई । त्यहि अन्नले बर्ष दिन भरी तीवटा नाति र आफ्नो पेट भर्नु छ । बर्षमा एक बाली मात्र हुँेने खेत भएको कारणले यो गहु उनको लागि जिवन धान्ने एक मात्र साधन हो ।
हिजो मात्र नातिहरुको नाम लेखाउन उनी नजिकैकौ सामुदायिक विद्यालयमा पुगे । सरले नातिको नाम लेखाउदा लाग्ने शुल्कको बारेमा सुनाए । उनले आफ्नो गरिबी, आफ्नो पारिवारिक विचलन बारेमा सबै दुखहरु बिसाए तर त्यसको कुनै अर्थ थिएन् । अर्थ थियो केवल पैसाको । उनले प्रश्न गरे ‘सर सरकारी स्कुलम बिना रुपियाँके फेन पढा नि पैना हो का ? मै त सुनल बातु ।’
‘निजि श्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयसंग श्रोत छैन् । स्कुल पनि घाटामा छ । त्यहि भएर अभिभावकहरु संग चन्दा सहयोग मागेको हौं ।’ हेडमास्टर भन्नु भयो ।
‘चन्दा रुपैयाँँ पैसा हुइल हुक्रा पो देह्थै । मै त धेर गरिब बाटु ।’ आशा रामले भने ।
‘विद्यालय व्यवस्थापन समितिले भेला बोलाएर अभिभावकहरु संग चन्दा सहयोग लिने निर्णय गरेको छ । पैसा त दिनु पर्छ ।’ हेडमास्टरले सभ्य तरिकाले सिस्टम बुझाउनु भयो ।
आशाराम चिन्तामा परे, अब कहाँबाट पैसाको जोहो गर्नु । विना पैसामा अब नातिहरु पढ्न पाउदैनन् भन्ने कुरा आशारामले बुझिसकेका थिए । सरकारी विद्यालय गई निशुल्क मेरा नातिहरुले पढ्न पाउने संविधानले दिएको मौलिक हक पनि उल्टाउन सक्ने कति बलियो भेला आयोजना भएछ, सरकारी विद्यालयमा सोच्दै छक्क परे । रित्तो मन लिएर उनी फर्किए ।
घरमा आएर भित्तामा झुण्डिएको पुरानो रेडियो तिर हेर्दै आशाराम वर्वराए, सरकारी स्कुलमा निशुल्क र अनिर्वाय शिक्षा पाईन्छ भनेर दिन रात फुकेको फुक्यैं छ तर आज हेडमास्टरले त पैसा मागे । बर्षौं देखि विश्वास गर्दै आएको आफ्नो पुरानो सुख दुखको एक मात्र साथी रेडियो प्रति पनि आशारामको आजबाट विश्वास टुट्यो । उनले बुझे यो रेडियोले पनि झुट बोल्ने रहेछ ।
त्यो रात उनलाई निद्रा नै परेर । पैसाको जोहो कसरी गर्ने भनेर धेरै मन्थन गरे तर उपाय शून्य थियो । बाहिर टह–टह जुन लागि रहेको थियो तर सबै बाटा भरि अन्धाकार नै अन्धकार थिए । त्यो पनि चुक घोप्ट्याएको जस्तो कालो ।
अन्त्यमा उनले खेतमा रहेको गँहुलाई सम्झे । नातीहरुको भविष्य भन्दा ठुलो अन्न बाली हुदैन् । भोलीको दिनमा जे पर्छ, पर्छ । मागेर खाउला, भोकै बसौला तर नातिहरु पढउन हेडसरलाई जसरी पनि पैसा बुझाउछु भन्दै लामो सास फेरे । बाहिर चकमन्न रात थियो । कुकुरहरु एकोहोरो भुकिरहेका थिए । रात कुन प्रहारमा उनी निदाए छन्, पत्तै भएर ।
लेखक राष्ट्रिय स्वतन्त्र पार्टीका पुुनर्वास नगर सभापति हुन् ।