Above Article Ad
  • पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते, कस्तो छ उनिहरुको अवस्था ?

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वासमा एक जनाले धारिलो हतियार प्रहार गरी तीन जना घाईते भएका छन् ।शुक्रबार राति पुनर्वास-६ स्थित मनकामना टोलमा एक जनाले धारिलो हतियार प्रयोग गरी तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

    स्थानीय राजु सुनारले मदिरा सेवन गरी ठाउँका गोबिन्द सुनार सँग विवाद गर्दै ईट्टा र चक्कु जस्ता धारिलो हतियार प्रयोग गरी गोबिन्द सुनार सहित तीन जनालाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

    Article inline ad #1
  • इटा र चक्कु जस्तो धारिलो हतियार प्रयोग गरी स्थानीय सुनिता सुनारको निधार र मुखमा चोट लागेको छ। यस्तै सुशिला सुनारको टाउकोमा तथा गोबिन्द सुनारको निधार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको पुनर्वास स्थित आई।बि।आर।डी। पोलिक्लिनिकमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    घटना लगत्तै कुटपिटमा संलग्न राजु सुनार फरार भएका छन् । उनलाई खोजी गर्न प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमाण्डमा ७ जना प्रहरीको टोली खटिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by