
बैतडीको शिवनाथमा जिप दुर्घटना, चालक घाइते
Above Article Content Ad
बैतडीः बैतडीको शिवनाथ गाउँपालिका–२ फट्केढुंगामा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।
शिवनाथको सुल्लेखानबाट शर्मालीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४१८० नम्बरको जिप शुक्रवार दिउँसो २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए।
जिप दुर्घटना हुँदा जिपका चालक बैतडीको शिवनाथ गाउँपालिका–४ देगडा घर भएका अन्दाजी २८ बर्षीय योगेन्द्र भट्ट घाइते भएका छन्।उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरी निरीक्षक बडूले बताए। घाइते भट्टको दुवै खुट्टामा चोट लागेको बताइएको छ। जिपमा चालकमात्रै रहेका बुझिएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















