
नगर प्रहरीले बाइकमा ह्वील लक लगाएपछि युवकले शरीरमा आगो लगाए
Above Article Content Ad
काठमाडौं –त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ । उनी मुगुका २५ वर्षीय गणेश नेपाली हुन|
राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले
मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो । त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।
Article inline ad #1
काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए । वीर अस्पतालमा उपचाररत नेपालीको अवस्था अहिले सामान्य छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















