Above Article Ad
  • कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ जना महिला पक्राउ

    Above Article Content Ad
  • धनगढीः कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ जना महिला पक्राउ परेका छन्।

    कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएको ८० हजार ८५० बराबरको चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ती सेट, कट्टु, टप्स लगायतका सामानसहित सोही ठाउँकी २७ वर्षीया दिपिका चौधरी र ३४ वर्षीया हस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।यस्तै धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकबाट अवैध रूपमा भन्सार छलीको एक लाख ४० हजार ७५० बराबरको चिनी, दाल, कुर्ता सुरुवाल, कट्टु, वानपिस, प्लाष्टिक झिल्ली लगायतका सामानसहित गोदावरी नगरपालिका–१ की ५८ वर्षीया पार्वती पन्त र ४० वर्षीया ईश्वरी बुढालाई पनि प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ।

    Article inline ad #1
  • सोमवारनै दिउँसो १२ बजे तिर टीकापुर नगरपालिका–७ स्थित भ्युटावर नजिकबाट भन्सार छली गरिएका ३७ हजार ६८५ बराबरको आयुर्वेदिक तथा भिटामिन औषधी प्रहरी चौकी कालाकुण्डाको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

    Article inline ad #2

    उता कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासी, दोधारा चाँदनी नगरपालिका–१ को फोर लाइन सडक किनारा, सोही ठाउँको ३ पट्टरखल्ला, र लालझाडी गाउँपालिका–१ नौरंगा सिद्दबाबा सामुदायिक वन नजिकबाट प्रहरीले तीन लाख ८८ हजार ७१० बराबरको  अवैध सामान प्रहरीले बरामद गरेको छ।

    भन्सार छलीको चिनी, खाने तेल, सुटपिस, कुर्ती, पाइन्ट, लेहँगा, इनभर्टर, बोइलर कुखुरा लगायतका सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको गस्ती टोलीले ती सामान बरामद गरेको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6