
वैदेशिक रोजगारीमा फसेकाहरुको साहारा बन्दै काङ्ग्रेस नेता गोपी प्रसाद उपाध्याय
बेलौरी । काँग्रेश नेता गोपी प्रसाद उपाध्याय यतिबेला वैदेशिक रोजगारीमा फसेका व्यक्तिहरुको उद्धारमा सक्रिय देखिन्छन् ।
केहि दिन अघि मात्रै नेता उपाध्यायले वैदेशिक रोजगारीका लागि मलेसिया गएका बेलौरी नगरपालिका वडा नं.२ का द्धय जनक चौधरी र चन्कुराम चौधरी आयुष म्यानपावर ओभरसिजबाट मलेसियाको आरजेड फोर्स सेक्रेटरी कम्पनीमा सेक्रेटरी गार्डको काम भनि जेठ ४ गते देखि हालको मितिसम्म सम्झौता अनुसारको काम नदिइ अलपत्र पारेको अवस्थामा पाउनुपर्ने बेसिक तलब दिलाई सम्झौता अनुसारको काममा फर्काइदिएका छन् ।
नेता उपाध्यायलाई पिडितका परिवारले आफ्नो मान्छे अलपत्र परेको खबर गरेपछि उनले गत १४ असोजमा परराष्ट्र मन्यात्रल कन्सुलर सेवा विभाग कन्सुलर तथा कानूनी परामर्श शाखा त्रिपुरेश्वर काठमाडौंमा उजुरी गरेका थिए ।
उपाध्यायको निवेदनलाई सम्वोधन गर्दै परराष्ट्रको निजी सचिवालयले क्वालालम्पुर मलेशिया दुतावासमा पत्राचार गर्यो । पत्राचार गरेको एकमहिना पछि सम्झौता अनुसारको तलब कम्पनीले दिई काममा फर्काएको छ ।
अलपत्र परको द्धय चौधरीले नेता उपाध्यायलाई कल गरेर धन्यवाद दिएका छन् । अहिले आफुहरु
सकुसल काममा फर्किएको बताएका छन् । उपाध्यायका कारण आफ्ना मान्छे उद्धार भएको भन्दै परिवाजनले उपाध्याय नेतालाई धन्ववाद सहित आर्शिवाद दिएका छन् । यस्तै उनले यस भन्दा अघि बेलौरीकी आरती चौधरीको समेत उद्धार गरेका थिए । समाजसेवामा सकृय नेता उपाध्याय प्रति जनविश्वास बढ्दै गएको छ ।
नेता उपाध्यायलाई क्षेत्र भरी दुखसुखमा साथ दिने साथीकै रुपमा क्षेत्रबासीले चिन्न थालेका छन् । परराष्ट्र मन्त्रालयको सहायतामा उनले छोटो अवधीमा आफ्नो निर्वाचन क्षेत्रका ६ जनालाई उद्धार गरी घर फर्काएका छन् ।
चौतफी नेताहरु, घुसखोरी, कमिशन, दलाली, आसेपासेलाई मात्र अवसर, आफ्नो पायक पर्ने ठाउँमा मात्र बजेट पार्ने कार्यले बेइजती भइराखेका बेला यी काँग्रेस युवा नेता उपाध्यायले उदाहरणीय कार्य गरिरहदा अरु नेता भने ट्वा परेका छन् । सरकारको अक्षमताले गर्दा यहाँका लाखौं युवाहरू कोरोना महामारीपछि फेरि पनि पीडादायी वैदेशिक यात्रा गर्न बाध्य छन् । यस्ता समस्यामा परेका नेपालीको उद्धारमा सरकारका सम्बन्धित निकायको खबरदारी हुन जरुरी देखिन्छ ।