Above Article Ad
  • संस्थागत बिधालय बिना गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिदैन–माननीय तामाङ

    Above Article Content Ad
  • पुनर्वास– शिक्षा क्षेत्रमा संस्थागत बिधालय बिना गुणस्तरीय शिक्षाको परिकल्पना गर्न नसकिने प्रतिनिधि सभा सदस्य माननीय तारा लामा तामाङले बताउनुभएको छ ।
    बुधबार पुनर्वास नगरपालिका–३ मा निजि तथा आवासिय बिधालय अर्गनाईजेशन नेपालद्वारा(प्याब्सन) आयोजित तेस्रो नगरस्तरीय तथा दशौं प्याब्सन फेस्टिभल कार्यक्रममा प्रमुख अतिथी रहनुभएका प्रतिनिधि सभा सदस्य माननीय तामाङले सो कुरा बताउनुभएको हो ।
    माननीय तामाङले सामुदायिक बिधालयको तुलनामा पुनर्वासका निजि बिधालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको र निजि बिधालय सञ्चालनले राज्यलाई समेत धेरै राहत पुगेको जानकारी दिनुभयो ।
    यस्ता कार्यक्रमले बिद्यार्थीमा भएको प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउँनुहुँदै अब राज्यले सामुदायिक बिधालयलाई मात्रै हैन निजि क्षेत्रका बिधालयको मुल्यांकन गर्दै नयाँ निति ल्याउन सके शिक्षा क्षेत्रमा थप सुधार हुने उहाँको भनाई थियो ।
    प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकालको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय बिरबहादुर थापा,पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा र उपप्रमुख भुलियाकुमारी राना,पूर्व मेयर जिवनराज थापा बिशिष्ट अतिथीमा रहनुभएको थियो । भने प्याब्सन पुनर्वासका उपाध्यक्ष करन खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव पुष्पराज ओझा र कोषाध्यक्ष हेम थापाले गर्नुभएको थियो ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button