पुनर्वास ६ मा महिला क्षमता विकासका लागि मोटिभेसन तालिम
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा महिलाहरुको क्षमता विकासका लागि मोटिभेसन तालिम सञ्चालन गरिएको छ ।
वडा कार्यालयकै आयोजनामा असार १५ गतेदेखि सञ्चालन गरिएको मोटिभेसन तालिम आईतबार एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।
वडाध्यक्ष मित्रसिँह लामाको अध्यक्षता तथा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलियाकुमारी रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष लामाले बोल्न र अरुलाई मोटिभेट गर्न सक्ने कला नै जिवनको सबै भन्दा ठुलो सिप भएको बताए ।
उनले आफ्नो कार्यकालको थुप्रै योजना मध्ये पहिलो कार्य योजनामा महिला र बालबालिकालाई केन्द्रित कार्यक्रमलाई बढि प्राथमिकता दिएको समेत जानकारी दिए ।
रेडक्रस,सहकारी,निजि तथा सामुदायिक विद्यालय, उद्योग वाणिज्य संघ,आमा समूह,महिला स्वास्थ्य स्वयंसेवीका,बजार समितीका प्रतिनिधि र जनप्रतिनिधि लगायतका करिब ७० जनाको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षकको भुमिकामा उषा मल्ल सिँह र नरेश भट्ट थिए ।