Above Article Ad
  • भारत र पाकिस्तानबीच आज वार्ता

    Above Article Content Ad
  • काठमाडौं – चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।

    अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार  बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।

    Article inline ad #1
  • आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ, जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ ।संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले यस संघर्षविरामलाई स्वागत गर्दै भारत र पाकिस्तानबीच दीर्घकालीन शान्तिको आशा व्यक्त गरेका छन् ।

    प्रमुख घटनाक्रमहरू

    Article inline ad #2

    पाहलगाम आतंकवादी हमलाः एप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु भएपछि भारतले कडा प्रतिक्रिया जनाउँदै पाकिस्तानमा रहेका आतंकवादी ठिकानाहरूमा लक्षित आक्रमण सुरु गरेको थियो ।

    अपरेशन सिन्दूर : ७ मेदेखि सुरु गरिएको यस सैन्य अपरेशनमा भारतले पाकिस्तान नियन्त्रणमा रहेका कश्मीर र पाकिस्तान भिक्रका नौवटा आतंकवादी शिविरहरूमा आत्रमण गरी १०० भन्दा बढी आतंकवादीहरूलाई मारेको दाबी गरेको छ ।

    संघर्षविरामको पहलः पाकिस्तानका डीजीएमओले १० मेमा भारतीय समकक्षीसँग सम्पर्क गरी संघर्षविरामको प्रस्ताव राखेका थिए, जसलाई भारतले स्वीकार गर्दै साँझ ५ बजेबाट लागू गरिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by