Above Article Ad
  • अत्तरियामा मोटरसाइकलले ठक्कर दुर्घटना भएकी साउँदको मृत्यु

    Above Article Content Ad
  • बैतडीः कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० वर्षीया हरु साउँदको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरियामा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको स्थानीय दशरथ चाडले बताए।बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया आएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो। मृतक साउँदका दुई छोरा रहेका छन्। मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको र आइतवार मात्रै नेपाल आइपुगेको चाडले बताए।

    Article inline ad #1
  • साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। बालबच्चा पढाउनका लागि अत्तरिया पुगेकी साउँदको निधन भएपछि घरपरिवारको विचल्ली भएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6