
कंचनपुरको लालझाडीमा पढाई मेला २०८० एवम बिज्ञान प्रदर्शनी तथा पढाइ प्रतियोगिता सम्पन्न
लालझाडी :
“मूल्य उन्मुख शैक्षिक वातावरण: समग्र लालझाडीको आवरण” भन्ने मुल नाराका साथ कंचनपुरको लालझाडीमा पढाइ मेला २०८० एवम बिज्ञान प्रदर्शनी तथा पढाइ प्रतियोगिता भएको छ ।
पढाइ मेलामा पालिका भित्रका १५ बिधालयहरुको सहभागीता रहेको थियो । मेलामा सहभागी बिधालयहरुले बिज्ञान प्रदर्शनी समेत देखाएका थिए । बिज्ञान प्राविधि तर्फ त्रिनेत्र एजुकेसनल एकेडमी प्रथम, भानु माबी दोस्रो, सरस्वती माबी तेस्रो भएको थियो भने शारदा माबी नौरङाले चौथो स्थान हासिल गरेको थियो ।
यता पढाइ मेलामा छात्र तर्फ हेवन पर्ल वर्ड एकेडमीका सुमित रानाले प्रथम स्थान हासिल गरेका छन। यस्तै स्वतन्त्र मा.बि.का शिबम राना दोस्रो, बैजनाथ बालज्योती आ.बिका योगेन्द्र नाथ तेस्रो भए भने सरस्वती मा.बिका बिबेक चौधरीले चौथो स्थान हासिल गरे । यस्तै छात्रा तर्फ रामेश्वर मा.बि. कि रोमिका चौधरी प्रथम भईन । बैजनाथ मा.बि कि सरस्वती राना दोस्रो, हेवन पर्ल वर्ड एकेडमी कि रोश्नी राना तेस्रो भइन भने जनचेतना आ.बि कि प्रतिभा बोहराले चौथो स्थान हासिल गरिन।
कार्यक्रममा बोल्दै भानु माध्यमिक बिधालयका प्रधानाध्यापक बेद प्रकास उपाध्यायले मेलाबाट बिद्यार्थीहरुले आफुले पढेका विषयहरु प्रतियोगितात्मक ढंगबाट ब्यवहार उतार्न पाएको बताउनुभयो । आफ्नो बिधालयबाट मेलामा सहभागी हुन पाउँदा गर्व महसुस गरेको उहाँले बताउनुभयो । प्रत्येक बिधालयले आफ्नो विद्यार्थीका लागि छुट्टै ल्याब तथा बिज्ञान कार्यकक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै पढाइ मेलामा बोल्दै सरस्वती माध्यामिक बिधालयका प्रधानाध्यापक तारामणि न्यौपानेले आफुले कल्पना पनि नगरेको बिज्ञानका सामाग्रीहरु विद्यार्थीले बनाएर प्रदर्शनीमा राखिएको बताउनुभयो ।मेलामा विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडल, पाओर हाउस, लन्चर मेसिन, जेसिबी मेसिन, लिफ्ट लगायतका स्थानिय सामग्रीहरु पनि राखिएको उहाँले बताउनुभयो । बिधालय तथा शिक्षकहरुले अवसर सिर्जना मात्रै गर्दिए विद्यार्थीहरुमा आफैले गर्दै सिक्दै गर्नसक्ने प्राबिधिक ज्ञान भएको उहाको तर्क छ ।
यता मेला आयोजना गरिएको बैजनाथ माध्यमिक बिधालयका प्रधानाध्यापक गणेश राज जोशीले मेला आयोजना गरेकोमा लालझाडी गाउँपालिकालाई धन्यवाद ब्यक्त गर्नुभयो । विद्यार्थीहरुको बिज्ञान र प्राबिधिक क्षेत्र प्रतिको रुचि देखेर सो ठाउँमा एउटा बिज्ञान तथा प्राबिधिक विषय पढाइ आवश्यक रहेको बताउनुभयो । सबैको सल्लाह बमोजिम पालिकामा आफ्नो बिधालयको तर्फबाट प्रस्ताव पेश गरेको बताउदै पालिका, विद्यालय, विद्यार्थी र स्थानियको सहयोग मिले छिट्टै प्राबिधिक धारको बिधालय संचालन गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै लालझाडि गाउँपालिकाको शिक्षा युबा तथा खेलकुद शाखाका प्रमुख सिद्धराज भट्टले पढाइ मेला, बिज्ञान प्रदर्शनी तथा पढाइ प्रतियोगिताले विद्यार्थीको पठन सीपको मुल्यांकन,अभिबृद्वी, प्रतिस्पर्धात्मक भावना उजागर गर्ने बताउनुभयो । बिज्ञान प्रदर्शनी मार्फत बिद्यार्थीमा बैज्ञानिक सोचको बिकास गर्नमा मद्दत मिल्ने बताउनुभयो । यस्ता कार्यक्रमले बिद्यार्थीमा रचनात्मक तथा खोजमुलक काम गर्न सहयोग मिल्नुका साथै विद्यार्थीका प्रतिभा प्रस्फुटनमा सहयोग हुने अपेक्षा उहाले गर्नुभयो ।
कार्यक्रमको सभापतित्व बैजनाथ माध्यमिक बिधालयका अध्यक्ष बिर्मा देबि बोहराले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिकाको उपाध्यक्ष सपना चौधरी राना रहनु भएको थियो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, पालिका भित्रका निजि तथा सस्थागत बिधालयका प्रमुख, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लालझाडी गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद शाखाका प्राबिधिक सहायक कुबेर बहादुर बमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै बैजनाथ माध्यमिक बिधालयका प्राधानाध्यापक गणेश राज जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
यस्तै कार्यक्रमको संचालन सोहि बिधालयका शिक्षक चन्दर रानाले गर्नुभएको थियो ।