Above Article Ad
  • पुनर्वासमा ख्रिष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास- ख्रिष्टियन समुदायको महान उत्सव ख्रिष्ट जन्मोत्सवको उपलक्ष्यमा कञ्चनपुर ईसाई समाज शाखा पुनर्वास को आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सोमबार भब्यताका साथ सम्पन्न भएको छ।

    ईसाई धर्मावलम्बीहरूले यो पर्व मानिसजातिको उद्धार र मुक्ति दिनुहुने परमेश्वरका पुत्र येशु ख्रीष्ट यस संसारमा मानिसहरुको चोला लिएर आउनु भएको खुशियालीमा हर्षउल्लासका साथ मनाउने गरिन्छ ।

    Article inline ad #1
  • कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिका को आई बि आर डी बजार स्थित खुल्ला मञ्चमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा , विशिष्ट अतिथिमा कञ्चनपुर ईसाई समाज कञ्चनपुरका उपाध्यक्ष कर्णजित तामाङ,ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज हेमराज भट्ट त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, ईसाई समाज का पुर्व अध्यक्ष बल पाख्रिन,रेडक्रस सोसाइटी शाखा पुनर्वासका अध्यक्ष कृष्ण बहादुर तामाङ,कालिका बजार ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शुकमाया मोक्तान, स्थानिय पास्टरहरू र बुद्दिजिबी, सञ्चारकर्मी लगाएतको आतिथ्यता रहेको थियो।

    Article inline ad #2

    सो समारोहमा ईसाई समाज कञ्चनपुरका उपाध्यक्ष कर्णजित तामाङले लुका २ः१०-११ बाट मानव जातिको उद्धारको लागि येशु जन्मिनु भएको र उहांको आगमन सवैलाई शान्ती र आनन्द दिनलाई थियो भनि ख्रीष्टमस सन्देश बाड्नु भएको थियो।
    स्थानीय सरकारको जवाफदेहिता ईसाई धर्मावलम्बीहरूको महान पर्व को उपलक्ष्यमा स्थानिय विदा दिइएकोमा नगरपालिका परिवारलाई हृदय देखिनै धन्यवाद ज्ञापन गर्दै ख्रीष्टमसलाई भित्र हृदयदेखि नै स्वागत गरौं, सानो ठूलो धनी गरीव सबैलाई समेटौं र एउटै मनको भई ख्रिष्टको सु–सन्देशको प्रचार गरौं , भन्दै पास्टर बल पाख्रिनले ख्रीष्टमस सन्देश बाड्नु भएको थियो।
    पुनर्वास नगरपालिका वडा नं ३ का अध्यक्ष कृष्ण बहादुर तामाङले संविधानमा सबै धर्मका अनुयायीको उत्तिकै अधिकार कायम रहेको उल्लेख गर्दै भन्नुभयो,‘मानवताको रक्षा गर्नको लागि धर्मको आवश्यकता भएको हो, मानवताको कदर गर्दै आफु र अरुलाई साथमा लिएर मसिहा बनाउदै अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गर्नुभयो।

    नेपाल रेडक्रस सोसाइटी शाखा पुनर्वासका अध्यक्ष कृष्ण तामाङले मुलुकलाई संस्थागत गर्ने क्रममा सबै प्रकारको विभेदको अन्त्य गरी शान्त एंव समुन्नत राष्ट्र निर्माण गर्न हामी विभिन्न आस्था राख्ने धर्मावलम्बीहरुबीचको सद्भाव तथा राष्ट्रिय एकता अक्षुण्ण राख्न यस पटकको ख्रीष्टमसले सबैलाई प्रेरणा प्रदान गर्ने बताउनुभयो। साथै उहाँले पुनर्वासमा ईसाई समुदाय मा तामाङ समुदायको बाहुलियत रहेका ले आगामी दिनहरूमा ख्रिष्टमस नाचमा आफनो सस्कृति झल्काउने माने नाच पनि हेर्न पाईनेमा आफु आशावादी रहेको बताउनुभयो।
    यसैगरी आजको कार्यक्रममा बिशेष बक्तको रूपमा रहनुभएका रेभरेन्ट डाक्टर सुलेमान पाख्रिनले मानव जातिको कल्याणका लागि त्याग बलिदान र मानवहरुप्रति प्रेम गर्नुहुने येशु ख्रीष्ट प्रभु र मुक्तिदाता समेत भएको हु“दा उहा“को जन्मोत्सव मनाउन नेपाल देशमा मात्र नभएर विश्वभरका धेरै देशहरु आज ख्रिष्टमसलाई हर्षउल्लासका साथ उत्सवको रूपमा मनाइरहेको जानकारी दिनुभयो। उहाँले नेपाल सरकारले पनि सार्वजनिक .बिदा दिंदै आएकोमा यसपाली स्थानिय सरकार ले ईसाई धर्मावलम्बीहरूको पर्व मनाउन सर्वजानिक बिदा दिएकोमा धन्यवाद ज्ञापन गर्दै भन्नुभयो ” मुलुकमा रहेका सबै धर्म र धर्मावलम्बीप्रति राज्यले सम्मानपूर्वक समान व्यवहारका साथ उनीहरुका चाडपर्वहरुलाई राष्ट्रिय सम्पदाको रुपमा समेट्ने जमर्काे गरेको पाइन्छ । यसबाट धार्मिक सद्भाव एंव सहिष्णुतामा अभिवृद्धि भएको बताउनुभयो । धेरै प्रकारका चाडपर्वहरु मनाइने यस मुलुकमा ख्रीष्टमसलाई भड्किलोढंगले नभई नेपाली मौलिक र आफ्नै विशेष पहिचानका साथ मनाउन जरुरी रहेको जिकिर गर्नुभयो। ख्रीष्टमस प्रेमको पर्व हो, सद्भावको पर्व हो ।यस पर्वमा सबै इसाईहरु येशुमा एउटै मनको भई आनन्द साथ येशुको जन्मोत्सवमा सहभागी भई खुशी, आनन्द साटासाट गर्दै मुक्तिको सु–सन्देश छर्दै घर दैलोमा क्यारल खेल्दै हर्षाेल्लासको साथ मनाउनुपर्ने बताउनुभयो।

    ख्रीष्टमस शुभकामना कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले मन्तव्यको क्रममा भन्नुभयो ‘ स्थानिय सरकार सवै समुदायको अभिभावक भएकोले सवैको हितमा काम गर्न निरन्तर प्रयत्नरत रहने बताउनुभयो । उहाँले ईसाईहरुले लिएर आएको योजनालाई सदैव साथ समर्थन गर्दै आईरहेको भन्दै सबै धर्मको सम्मान गर्न सकेको खण्डमा मात्रै नगरको बिकास र सम्बृद्धिले गति लिन सक्ने बताउनुभयो । नगर प्रमुख शर्माले आफु ईसाई अगुवाहरुकै संगतमा हुर्किएको व्यक्ति भएकोले ईसाईहरु शान्तिप्रिय र अनुशासित समुदायको रुपमा लिएको जिकिर गर्नुभयो।

    समापन समारोहमा बोल्दै ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष रेभरेन्ट राजकुमार तामाङले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै उहाँले भन्नुभयो “ख्रीष्टमसलाई राम्रो लगाउने, मीठो खाने र रमाइलो गर्नका लागि मात्र ख्रीष्ट जन्मोत्सवमा शुभकामना आदानप्रदान गर्ने र मुक्तिदाता येशु ख्रीष्टका उपदेशहरुलाई स्मरण गर्न सके यसले जीवनमा आत्मिक सुधार ल्याउन प्रेरणा प्रदान गर्ने बताउनुभयो।

    विभिन्न क्रिसमस गीतहरु प्रस्तुत गर्दै सम्पन्न भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न मण्डलीहरुबाट ख्रीष्टमस सुसमाचारिक सामुहिक नृत्य, कविता, एकल गायन लगायतका विशेष प्रस्तुतिहरु प्रस्तुत गरिएको थियोे ।

    ईममानुएल कोयर समुहको सांगितिक आराधना बाट शुरू गरिएको उक्त कार्यक्रममा वरिष्ठ पास्टर दिल बहादुर तामाङ को स्वागत मन्तव्य रहेको थियो भने उक्त कार्यक्रमलाई ईसाई समाजका सचिव पास्टर शमशेर तामाङ र सहसचिव बिदुर रानाले सञ्चालन गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6